कम्युनिस्ट सरकारले शसक्त प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलार्इ जित्न नसकेपछि सिधैँ थारु समुदायमाथि हमला गरेकाे छ। प्रधानमन्त्री केपी अाेलीकाे निर्देशनमा थारुहरूलाई शिक्षक बन्न नदिने कम्यनिस्ट सरकारले षड्यन्त्र रचेकाे छ। कम्युनिस्ट सरकारले संवैधानिक प्रावधान विपरित शिक्षा आयोगको सूचना प्रकाशित गरेको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाउँदै भण्डाभाेर गरेकाे छ।
संसदको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद एवम् केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले शिक्षा आयोगमा सरकारले थारु समुदायमाथि विभेद गरेको आरोप लगाइन् ।
संविधानले नै उल्लेख गरेको प्रावधानलाई बेवास्ता गरेर शिक्षा आयोगले प्रकाशित गरेको सूचनामा थारुहरूलाई आरक्षण किन दिइएन भनेर अाेली सरकारलार्इ सदनमै उनले प्रश्न गरिन्।
उनले भनिन्, ‘थारु समुदायमाथि भेदभाव गर्न पाइँदैन । शिक्षा आयोगको विज्ञापनमा सुधार गरियोस् ।’
सरकारले शिक्षा आयोगका लागि प्रकाशित गरेको विज्ञापनमा थारु समुदायका लागि आरक्षण नदिएपछि कांग्रेसले आपत्ति जनाएकाे हाे।
संविधानले नै दिएको अधिकार विरुद्ध हुने विभेदको आफूहरूले विरोध गर्ने सांसद एवम् केन्द्रीय सदस्य डिसीले चेतावनी दिइन् ।
nepalpana







