काठमाडौं । बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले जानकारी गराएको विषयमा प्रश्न गर्न नदिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबार संसद बहिस्कार गरी हिँडे पनि सभामुख कृष्णबहादुर महाराले बैठक जारी राखेपछि कांग्रेस अाक्राेशित भएकाे छ। कांग्रेसले संसदीय मूल्य मान्यता विपरीत महराले बैठक जारी राखेकाे अाराेप लगाएकाे छ।

कांग्रेसले अबका दिनमा सरकारलाई सहज रुपमा बस्न नदिने एकाएक निर्णय गरेकाे छ। राजधानीसहित देशभरि प्रदर्शन गरेको कांग्रेसले अब प्रम केपी अाेलीकाे रवैयामाथि नै धावा बाेल्न निर्णय गरेकाे छ।

कांग्रेसले पर्ख र हेरको नीति लिएका कारण विगत छ महिनादेखि कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीका गतिविधिलाई सहज रुपमा अगाडि बढ्न सकेका छैनन्। कांग्रेसले आउने दिनमा आफूलाई सशक्त प्रतिपक्षको रुपमा उभ्याउने याेजना बनाएकाे छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफूहरू संविधान कार्यान्वयन र मूल्य वृद्धिका विरुद्ध सक्रिय हुने बताएका छन् ।उनले भने, ‘सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने, कालोबजारी र महँगी नियन्त्रण गर्नुपर्ने, अभिव्यक्ति स्वतन्त्रताका लागि कांग्रेसको अडान रहनेछ ।’ जनताका पक्षमा अरु मागहरू पनि आउने उनले बताए ।

प्रत्येक मन्त्रालयलाई निगरानी गर्ने गरेर प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद रहने गरी अनुगमन समिति बनाइने कांग्रेसले जनाएको छ ।
nepalpana

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार