मलाई कस्तो अनुभूति भयो होला ? आफैं हिसाब गर्नुस् । किरणजी -मोहन बैद्य) भर्खरै बोलेर जानुभयो, म उहाँलाई नै सुनाउन चाहन्थें ।

पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान मुख्य नारा बनाएर २०७० को चुनाव लडेको हो । जतिबेला हामी -माओवादी) त्यो संघर्ष गर्दै थियौं, किरणजीको नेतृत्वमा पार्टी विभाजन भएर उहाँहरुले मलाई बम हानेर मार्दै हुनुहुन्थ्यो । म मरिनँ, शायद ५/७ सेकेन्डको फरकको कारणले । ५ सेकेण्ड मात्र मेरो अगाडि-अगाडि भएको भए म मारिन्थें । किरणजी नेतृत्वको पार्टीले मलाई माथ्र्यो ।

जतिबेला म पहिचानसहितको संघीयता, संघीयतासहितको संविधानका निम्ति अनवरत संघर्ष गर्दै थिएँ । तपाईहरु हेर्नुहोला, इतिहासका तथ्यहरु । अहिले उहाँले त सजिलै भनिदिनुभयो, तपाईहरुले भनेको मानिहाल्छु । मेरो समर्थन छ, ओम-गुरुङ)जी लाई ।

मैले त्यही लडाइँ अन्तिमरुपमा लान्छु भन्दा ममाथि बम नै हान्नुपर्ने कारण के थियो कमरेड ? मभित्र आँधीहुरी आएको छ है भन्नुको तात्पर्य यो हो ।

संविधान बन्दै गर्दा उत्पीडित जाति वर्गको मागलाई अधिकतम सम्बोधन गर्न संघर्ष कति भयो सबैलाई थाहा छ । महेन्द्रजी -यादव) बोलेर जानुभयो, मेरो आफ्नै व्यथा छ । त्यो सबै तपाईलाई भनौं अहिले ?

तपाई पनि रहेको ३० दलको नेतृत्व गर्दै पहिचान, संघीयता, गणतन्त्र र धर्मनिपरपेक्षाका निम्ति संसद र सडकमा के के गरियो र जे बन्यो, मेरो एउटै तर्क के थियो भने अहिलेको अन्तरराष्ट्रिय र क्षेत्रीय राजनीतिक परिस्थिति र हाम्रो आफ्नै आन्तरिक शक्ति सन्तुलनका कारण हामी सम्झौता गर्न बाध्य छौं । हामीले शान्ति सम्झौता गर्दा भनेको पनि त्यही हो ।

किनभने, राष्ट्रिय मुक्ति आन्दोलन र जातीय मुक्ति आन्दोलनमा पनि जे जस्ता घटना भए, जनताले मलाई सबैभन्दा माथि लगेर राखिदिएको हुनाले मैले माथिबाट हेर्दा देखेँ । फिलिपिन्स देखेँ, टर्की देखेँ, श्रीलंका देखेँ, सबैतिर हेर्दा सम्झौताको बाटो नजानुको अर्थ आन्दोलन नै धरासायी हुने र देशमा निरंकुश तानाशही अझै धेरै वर्ष जान सक्ने देखेपछि सचेतरुपले जति उपलब्धी लिन सकिन्छ लिने र बाँकी त्यो बिसौनीमा सुस्ताएर फेरि निरन्तर अगाडि बढ्न सकिन्छ भनेर शान्ति सम्झौता गरेकै हो । जे गरियो, ठीक गरियो ।

त्यो सम्झौता १२ बुँदेमा आधारित थियो । त्यो गर्नु गलत थियो भन्ने साथीहरु पनि छन् । तर, म भन्छु सही थियो । त्यो सम्झौता नगरी लडेको भए अझ २०/३० हजार मान्छे मर्थे । तर, हामी पूर्ण विजयी हुने परिदृश्य विश्वमा थिएन । देशभित्र हामी तम्तयार थिएनौं । त्यसैले सम्झौतामा गर्‍यौं ।

सत्ताधारी नेकपाका अध्यक्ष प्रचण्डले शुक्रबार राजधानीमा अायाेजित एक कार्यक्रममा बाेल्दै यस्ताे बताएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार