काठमाडौं । सिंहदरबारमा बस्ने बैठकले प्रस्तावित प्रधान्यायाधीशको विषयमा छलफल गर्ने बताइएको छ । यस्तै, बैठकमा बिहीबार प्रतिनिधिसभाको बैठक बहिस्कार गर्दा पनि सभामुखले संसदको प्रक्रिया अघि बढाएपछि आक्रोशित बनेको काँग्रेसले ठोस निर्णय लिने जनाएको छ ।
सभामुखले हिजो संसद चलाएर पार्टीको रवैया देखाएको आरोप लगाएको काँग्रेसले आज अपरान्ह् १ बजे बस्ने बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने जनाइएको छ । हिजो संसदमा गृह मन्त्रीसँग प्रश्नोत्तर गर्न सभामुखले नदिएको भन्दै काँग्रेस सांसदले बैठक बहिस्कार गरेका थिए ।
यो पनि पढनुहोस :
संसदीय सुनुवाई समितिको बैठक सुरु,जोशीको नाम अनुमोदन गर्ने/नगर्ने दुविधा कायमै
संसदीय सुनुवाई विशेष समितिको बैठक सुरु भएको छ ।प्रस्तावित प्रधानन्यायाधीशको विषयमा निर्णय गर्न समितिको बैठक बसेको हो । यसअघि, बैठक सुरु हुनुपूर्व समितिका सदस्य आन्तरिक छलफलमा जुटेका छन् । प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने विषय पेचिलो बन्दा समितिले आ–आफ्नो राजनीतिक दलसँग छलफल समेत गरेका छन् ।
तर, समितिले आजको बैठकबाट निर्णय सुनाउने वा उपसमिति गठन गरेर जोशीको विषयलाई थप केही समय लम्ब्याउने भन्ने बारेमा समेत छलफल भइरहेको समितिका सदस्यले बताएका छन् । यस्तै, जोशीको विषयमा मतविभाजित हुँदै गर्दा काँग्रेसले अडान नछोडेमा जोशीलाई महाभियोग लगाउने बारे समेत चर्चा चुलिएको छ । जोशीको विषयमा निर्णय गर्न अड्किँदा एक सातादेखि सुनुवाई समितिको बैठक लम्बिएको छ ।
जोशीको शैक्षिक प्रमाणपत्र र उहाँले विगतमा गरेका केही फैसलाका बारेमा समितिमा उजुरीहरु परेका थिए । उनको नियुक्तिलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने बारेमा निर्णय लिने जिम्मेवारी पाएको संसदीय विशेष सुनुवाइ समितिको बैठक तेश्रो पटक सम्म सारिएको थियो ।







