बिराटनगर ५ का नाै वर्षीय अर्जुन कालाखेतीलाई उनकी आमाले डोरीले बाँधी चिसो भुँईमा छाड्ने गरेकी छिन् ।
अरुको घरमा मजदुरी गरेर जिविका चलाउनुपर्ने भएकाले हेरचाह गर्ने व्यक्ति नहुँदा बौद्धिक अपाङ्गता (सुस्तमनस्थिती) भएको छोरालाई दिनभरि डोरीले बाँधेर छाडनुपरेको उनकी आमा कमला कालाखेती बताउँछिन् ।
बालकलाई घरभित्र राखेर ढोकामा ताला लगाई कमला सात बर्षदेखी अरूको घरमा काम गर्न जाने गरेकी छिन् । उनले अर्जुनको संरक्षणकालागि सहयोग गरिदिन सरकार र संघसंस्था लाई अनुरोध गरेकी छिन् ।








