काठमाडौँ । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम बहुमतले अस्वीकृति गरेको छ । आज बसेको संसदीय सुनुवाई विशेष समितिमा मतदानमार्फत जोशीबारे निर्णय गरिएको हो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानन्यायाधीशमा सिफारिश दीपकराज जोशीबारे निर्णय गर्न बसेको संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गरेको छ । समिति सदस्य सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरुले बैठक बहिष्कार गरेको जानकारी दिए ।

‘दुई तिहाइ बहुमतले अस्वीकृत गर्ने निर्णय गरियो यो न्यायालयमाथिको हस्तक्षेप हो, कार्कीले भने ।
nepalpana

यस्तो छ पत्र:

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार