धनुषा । जनकपुरधाममा अन्दाजी २५ वर्षीया राजेश यादवको हत्या भएको छ । धनुषाको कमला नगरपालिका ८ का स्थानीयवासी गोली प्रहार गरी हत्या भएको हो । आज बिहान जनकनन्दनी गाउँपालिका इनर्वास्थित रेल्वे स्टेशन छेउमा यादवको शव भेटिएको थियो ।

यादवको शव रेल्वे लिकको छेउमा भेटिएपछि स्थानीयले प्रहरीलाई सुचना दिएका थिए । यादवको टाउको र पेटमा गोली हानिएको छ ।

धनुषाका प्रहरी प्रमुख गोविन्द थपलियाले जानकारी गराए अनुसार घटनास्थलबाट कटुवा पेस्तोल १ थान, ३ थान गोलीको खोका र एउटा मोटरसाइकल फेला परेको छ । प्रहरीले दिएको जानकारी अनुसार हत्या गरिएका यादव यसअघि केही आपराधिक गतिविधिहरुमा संलग्न थिए ।
news 24nepal
यो पनि पढ्नुहोस :
नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा ढुंगा खस्न थालेपछि…
चितवन । नारायणगढ मुग्लिन सडकखण्डको घुमाउनेमा तीन दिनयता ढुंगा खस्न थालेपछि अवस्था हेरेर पालैपालो सवारीसाधन सञ्चालन गरिएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार चट्टानको चरबाट पानी छिरेसँगै ढुंगा खस्ने समस्या आएको हो ।

प्रहरीले बुधबार बिहानबाट ढुंगा खस्ने अवस्था हेरी पालैपालो सवारीसाधन सञ्चालन गरिरहेको छ । प्रहरी चौकी जुगेडीका प्रमुख पदम बस्ताकोटीका अनुसार बुधबार बिहान ३ बजेबाट नियमितरुपमा निगरानी राखेर पालैपालो सवारी सञ्चालन गरिएको बताए ।

भिरमा ढुंगा अड्किएर बसेकाले कुनै पनि बेला खस्न सक्ने हुँदा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । भित्तोको तल्लो भागमा पत्थर ढुंगा छ भने माथिल्लो भागमा माटोसहितको ढुंगा रहेको छ ।

सो सडकको २७ किलो भन्ने भालुढंगामा पनि सोही प्रकृतिको पहाड छ । सो क्षेत्रमा पनि समय समयमा ढुंगा खसेर दुःख दिँदै आएको छ । सो सडक विस्तारको अन्तिम चरणमा छ । सडक विस्तार गर्ने क्रममा भित्तो काटिएपछि पहिरो जाने र ढुंगा खस्ने समस्या देखिँदै आएको छ ।

रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार