दाङ १८, साउन । देशैभरी जघन्य बलात्कार र तत्पस्चात विभत्स हत्याका घटनाहरु सार्वजनिक सार्वजनिक भइरहेका बेला दाङमा पनि ११ बर्षीय बालिका बलात्कृत भएकि छन् ।
घोराही उपमहानगरपालिका वडा नं १४ रझेना बैकुण्ठ द्धार शवदाहस्थ टोलमा एक ११ बर्षीय बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको हो ।
शरीरीकरुपले असक्त, बोल्न नसक्ने, दृष्टिविहिन तथा छारेरोगले ग्रसित ११ बर्षीय बालिका ( आभा नेपाली) साउन १० गते बिहान १०: ३० बजे बलात्कृत भएको परिवारले जानकारी दिएको छ ।
आभा नेपालीको वुवा शिव नेपालीका साथि घोराही उपमशानगरपालिका वडा नं १२ निबासी ३८ बर्षीय तेज बहादुर बस्नेतले आमा चम्फा नेपाली घरछेउमै रहेको कटुवा खोलामा लुगा धुन गएको मौका छोपि दिन दहाडै करणी गरेको बताएका छन् ।
म लुगा धोएर आँउदा तेज बहादुर पहेँलो कट्टु संग मात्र थियो भने छोरीको टाङ रग्ताम्य देखेपछि आत्तिदै श्रीमान्लाई खबर गरे । श्रीमान् नजिकैको शव दाहस्थलमा बृक्षा रोपण गर्दे हुनुहुन्थ्यो’- आमाले भनिन ।
रझेनामा रहेको बैकुण्ठ प्रबेश मसानघाटमा मासिक ६ हजार रुपैयामा काम गर्दे आएका ४८ बर्षीय शिव नेपालीले भने- ‘हामि संगै काममा थियौ, उसले एक छिन म सुत्न जान्छु भनेर कोठामा गयो जहाँ छोरी सुतिरहेक थिइन्, मलाई यस्तो गर्ला भन्ने लागेकै थिएन ।’,
बाल्यकालमै प्युवान भिंग्रिबाट भारतमा रोजगारीका लागि हिंडेका शिव नेपालीको परिवार ४ महिना अघिमात्र नेपल आएको हो । दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालको सहयोगमा घोराही उपमहानगरपालिकामा शव दाहस्थलको चौकीदारी तथा वेवारीसे शव जलाउने तथा शव दाह स्थलको सरसफाईको कार्य गर्दे आएका नेपालीको नाममा एक टुक्रा जग्गा समेत छैन ।
घोराही उपमहानगरपालिकाद्धारा निर्मीत शव दाह स्लमा निर्मित चौकिदार भवनमा गुजारा गर्दे आएको नेपालीको परिवारको आर्थीक अवस्था अत्यन्त जर्जर रहेको छ ।
दुई छोरी र १ छोरा बिहे गरी भिन्दै छन् भने एक छोरा रोजगारीको सिलसिलामा भारतको चण्डिगढमा रहेका छन् । बलात्कृत हुने साईलि छोरी र कान्छि छोरी उनिसंगै रहेका छन् ।
अत्यन्त संकट अवस्थामा रहेको नेपाली परिवारको बलात्कृत छोरीको योनीमा पाँच वटा टाँका लगाईएको छ । घटनाको दिनदेखी छोरी समय समयमा झस्कन्छे वावुले भने- ‘मैले पिरले नशा सेवन गर्न थालेको छु । अपराधिलाई बिच बजारमा ल्याएर सबैको आँखा अघि फाँसि दिएको हेर्न मन छ ।’,
उक्त अभियोगमा घोराही उपमहानगरपालिका वडा नं १२ निवासी ३५ बर्षीय तेजबहादुर बस्नेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरीक्षक निर्मल खत्रीले जानकारी दिएका छन् ।
साउन १० गते विहान ११ बजेतिर घरमा अभिभावक नभएको मौका छोपी त्यही ज्याला मजदुरीको काम गर्न गएका बस्नेतले अपाङ्ग तथा सुस्त मनस्थिती भएकी बालिका एक्लै भएको समयमा जवरजस्ती बलात्कार गरेको भन्ने जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायव निरीक्षक खत्रीले बताए ।
पिडित बालिकाको तर्फवाट सोही बेहोराको किटानी जाहेरीका आधारमा अभियुक्त बस्नेतलाई साउन दश गते नै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
बलात्कारको अभियोग खेपेका बस्नेतमाथि म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
postpati







