प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको चेतावनीपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन्। आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो।
विहीबार (हिजो) बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापाको सम्बोधनपछि कांग्रेस सांसदहरु बोल्न खोज्दा सभामुखले माइक दिएका थिएनन्। लगत्तै कांग्रेस सांसदहरु बहिष्कार गरेका हिडेका थिए। काग्रेसले बहिष्कार गरेपनि सभामुखले बैठक भने चलाएका थिए।
कांग्रेसलाई वाइपास गरेर हिडेका महरा आजको बैठक चलाउन भने डराए। कांग्रेसले आफ्ना सांसद उपस्थित हुननसक्ने चेतावनी दिएपछि महराले तत्काल सचिवालयमार्फत सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगन गरेको हुन। अर्काे बैठक आइतबार ११ बजे बस्नेछ ।
काँग्रेस संसदीय दलको बैठक लम्बिएपछि बैठकबाटै प्रमुख सचेतक बालकृष्ण खाँणले टेलिफोनमा सभामुख महरालाई बैठकमा काँग्रेस सांसद उपस्थित हुन असमर्थ भएको जानकारी गराएका थिए।
posapati







