जनतालाई सन्तोषजनक सेवा दिन नसकिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् विस्तार गरेका छन् ।
संविधानमा मन्त्रीपरिषद्मा २५ जनासम्म मन्त्री बनाउन पाइने व्यवस्था अनुसार मन्त्रीको कोटा ‘फुल’ गर्दै ओलीले मन्त्रीपरिषद् २५ सदस्यीय बनाएका छन् । मन्त्रीपरिषद्मा २२ मन्त्री र ३ राज्यमन्त्री भएका छन् । मन्त्रीको कोटा पूरा गरेपनि जनताको सेवा गर्नमा भने ओली सरकार ‘फेल’ भएको छ ।
प्रधानमन्त्रीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्रीमा पदमा अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा. सुरेन्द्र यादवलाई नियुक्त गरेका हुन् ।
जथाभावी बोलेर विवादित भएपछि राजीनामा दिएका मन्त्री शेरबहादुर तामाङको ठाउँमा ओलीले भानुभक्त ढकाललाई ल्याएका छन् । ओली सरकारबाट बद्नाम र जनताबाट आलोचित भएपछि तत्कालीन मन्त्री तामाङले राजीनामा दिएका थिए ।
नवनियुक्त तीनै जना मन्त्रीले शुक्रबार नै सपथ लिएका छन् । ढकाल र अर्याल नेपाल कम्युनिस्ट पार्टीका हुन् भने यादव संघीय समाजवादी फोरमका हुन् । स्वास्थ्य राज्यमन्त्री रहेकी अर्याल बढुवा हुँदै भूमि व्यवस्था मन्त्रालयमा पुगेकी छन् । स्वास्थ्य मन्त्रालयमा उपेन्द्र यादव आएपछि अर्याल ओलीसँग असन्तुष्ट थिइन् ।
अर्याललाई खुसी पार्न ओलीले पूर्वमाओवादीको भागमा रहेको कृषि मन्त्रालय फुटाएर छुट्टै मन्त्रालय बनाएका छन् । जसबाट राज्यको ढुकुटीमा भार बढेको छ भने माओवादी पक्ष असन्तुष्ट बनेको छ । ओलीले अर्यालको फन्दामा परेर मन्त्रालयको संख्या बढाएका छन् ।
शुक्रबार राष्ट्रपति कार्यालयमा सपथ लिएपछि नवनियुक्त मन्त्रीहरूले आजै पदभारसमेत ग्रहण गरेका छन् । सत्ता सहयात्री संघीय समाजवादी फोरम नेपाललाई समेत खुसी राख्न ओलीले स्वास्थ्य राज्यमन्त्री समेत नियुक्त गरेका छन् । दुईतिहाई बहुमतको दम्भ देखाएर जोसुकैलाई तर्साउन पाइने भएकाले ओलीले फोरमलाई समेत साथमा लगिरहेका छन् ।
ओलीले ज–जसलाई खुसी पार्न मन्त्रालय बढाएपनि जनतालाई भने लगातार घाटा मात्रै भइरहेको छ । चुनावका बेला हावादारी गफ गरेकाले कारण जनताले ओली सरकारबाट वाचा पूरा भएको अनुभूति गर्न पाएका छैनन् । कम्युनिस्ट शासनमा पार्टीका केही नेता र आसेपासेलाई भने पर्याप्त फाइदा मिलिरहेको छ ।
ओली सरकारका मन्त्रीको फेहरिस्त :








