वामपन्थी विश्लेषक भरत दाहालले मातृभूमिकाे अस्मितामाथि साैदाबाजी गरेकाहरू प्रधानमन्त्री बनाइएकाे भन्दै केपी अाेलीलार्इ देशदाेह्रकाे संज्ञा दिएका छन् ।
सामाजिक संजाल फेसबुकमा दाहालले लामाे स्टाटस लेखेर यस्ताे प्रतिक्रिया दिएका हुन् । उनले लेखेकाे स्टाटस यस्ताे छ –

चरेश तस्करसँग चर्काे घुस खाएर राजीनामा गरी भागेकाे न्यायाधिश उप-राष्ट्रपति बनार्इयाे। एसएलसी पास नगरेकाे थुत्थाे प्रधान न्यायाधिश बनार्इयाे। पुलिस मार्ने अपराधि माननीय र मन्त्री बनार्इए। मातृभूमिकाे अस्मितामाथि साैदाबाजी गरेर अाएकाहरू प्रधानमन्त्री बनार्इए। इण्डियन नागरिकहरू प्रदेश प्रमूख र संसदमा माननियका रूपमा बिराजमान छन्।
सबैलार्इ सबै कुरा थाहा छ तर बनार्इन्छन्। सबैकाे सर्कलले कमाएकाे सबैका हातमा बण्डा गरेका छन्। यस्तालार्इ जसका हातबाट उच्च तहमा पुर्यार्इन्छ । पानी धमिलाे बनाउन पुनः तिनीहरूबाटै विराेध पनि सुरू गरार्इन्छ। “नेपाल यस्तै देश हाे” भन्ने देखाएर मानसिक रूपमा अाफ्ना अगाडि अात्मसमर्पण गराउन विदेशीहरूले लागु गरेकाे पद्धति हाे याे।
ग्याङका दाउपेचमा नबहकिउँ
गाेबिन्द केसी रडाकाे बाह्रमासे खेती तर निकास छैन। लाेकमान र पराजुली पदबाट हटार्इए, कार्वाहि छैन। जाेशीलार्इ न्यायपरिषदले स्वीकृत र संसदीय समितिले इन्कार गर्ने। ३३ किलाे सुन र सिण्डिकेट खुबै उछालियाे तर नतिजा सून्य। नागरिकता सदाबहार इण्डियन खेती।
सबैकाे लडार्इ अाफ्नाे अनुकूलका मानिसहरूले पद कब्जा गर्नुपर्ने कुरामा केन्द्रित छ, कार्वाहीमा हाेर्इन। अपराधी र भ्रष्ट भनेर अाराेप लगार्इएकाहरू पद छाेडेर मात्र सुरक्षित किन हुन्छन् ? किनभने समर्थन र विराेध गर्नेहरू सबै उहि ड्याङका मूला हुन्छन्।
रणनीति How to grab the power ? मात्र हाे। तिनीहरूकाे लुटकाे झगडामा हामी प्रयाेग भैरहेका छाैं। याे समस्या नेपालकाे राजनीतिक संकटका श्राेत र कारणहरूलार्इ समष्टिमा बुझ्न प्रयास नगर्नुकाे फल हाे। रणनीति नहेरेर माफिया ग्याङहरूका कार्यनीतिक दाउपेचहरूमा बहकिनुकाे परिणाम हाे।








