नेपालले शुक्रबार एक दिवसीय क्रिकेट प्रतियोगितामा ऐतिहिक जित निकाल्न सफल भएकोमा अहिले चौतर्फि चर्चा भइरहेको छ । नेपालले यो सफलता हात पार्दा देशविदेशबाट बधाई तथा शुभकामना आइरहेको छ । यसैबीच, चर्चित तथा भारतीय पूर्व क्रिकेटर वीरेन्द्र सहवागले पनि ऐतिहासिक जित निकाल्न सफल भएकोमा नेपाललाई बधाई दिएका छन् ।

उनले ट्वीट गर्दै नेपाललाई जितको बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘शुत्रबारको जितका लागि स्याबास, नेपाल । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा रोमाञ्चक जितका लागि बधाई । यो त सुरुवात मात्रै हो, शुभकामना छ ।’

नेदरल्याण्ड्स विरूद्द नेपालले १ रनको रोमाञ्चक जित निकालेको छ । योसँगै सिरीज एक-एकको बराबरी समेत भएकाे छ ।
एकदिवसीय क्रिकेटमा नेपालले पहिलो जित हात पारेको हाे । नेपालले नेदरल्याण्ड्सलाई एक रनले एकदिवसीय मान्यता पाएपछिको दोस्रो खेलमा हराएको हो । २१६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ९ विकेट गुमाएर ११५ रन मात्र बनाएको छ ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाएका छन् ।

कप्तान पारस खड्का अर्धशतक बनाए लगत्तै आउट भएका थिए । उनले ६९ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५१ रन बनाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार