काठमाडौँ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पूर्व एमालेबाट मन्त्री भएकाहरुको कामको गति र रवैया देखेर सन्तुष्टा छैनन् ।
स्रोतका अनुसार पूर्व माओवादीबाट मन्त्री भएकाहरु राम्रो काम गर्दै आएकाले उनीहरुको वाहावाही भइरहेको छ,त्यसैले प्रम ओली मन्त्रायलय साटफेर गर्ने रणनीति बनाइरहेका छन् ।
पूर्व माओवादीबाट मन्त्री बनेका गृहमन्त्री राम बहादुर थापा र मातृका प्रसाद यादवको काम गर्ने शैलीलार्इ देखेर प्रम ओली छक्क परेका छन् ।
स्रोतका अनुसार प्रम ओलीले गृहमन्त्री थापाको काम देखेर उक्त मन्त्रालय कसरी आफ्नो हातमा पार्न सकिन्छ भनेर योजना बनाएर अन्तिम रुप दिने तयारी रहेका छन् ।
जसको लागि प्रम ओलीले गृहमन्त्री थापालार्इ गिराउन उनी विरुद्ध २र३ वटा मुद्दा उठाउन नेता तथा कार्यकर्ताहरुलार्इ परिचालित गरी उनीहरु मार्फत सतहमा ल्याउने योजनामा छुटेका छन् ।
ओली निकटको स्रोतले दिएको जानकारी अनुसार प्रम ओलीले पछिल्लो समय देशभरि नै महिला हिंसा लगायत बलात्कार, हत्या र चेलीबेटी बेचविखनको घटनाले संचारमाध्यमकै पाना भरिरहेकोले यसैलार्इ नै मुद्दा बनाउने योजनमा जुटेका छन् ।
जसको लागि प्रम ओलीले गृहमन्त्री थापामाथि सांसद निरु पालको धम्की प्रकरणले धावासमेत बोलिसकेका छन् ।
ओलीकै निर्देशनमा सांसद निरु पालले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कथित घटनालार्इ उाठएर देशमा सुरक्षमा ब्यवस्था खुकुलो रहेको भन्दै सरकारलार्इ प्रश्न गरेकी थिइन्।जसको निशाना गृहमन्त्री थापा नै हुन् ।
उनले एक जना सांसद सुरक्षित छैन भने आम महिला कसरी सुरक्षित हुन सक्छन् भन्दै सभामुख मार्फत आफ्नै पार्टीका मन्त्रीलार्इ प्रश्न गरेपछि पूर्व माओवादीका नेताहरुबीच यो कुराले सनसनी मचाएको छ ।
विहीवार संघीय संसद प्रतिनिधिसभाको विषेश समयमा बोल्दै सांसद निरुदेवी पालले गत मंगलबार आफूमाथि घाँटीमा पेस्तोल तेर्साएर ज्यानमार्ने धम्की आएको भन्दै आम नेपालीमा सुरक्षाको प्रत्याभुति गराउँनसमेत सरकारसँग माग गरेपछी प्रम ओली अब गृहमन्त्री थापाको कामप्रति औँला ठड्याउने योजनामा जुटेको स्रोतको भनार्इ छ।
त्यस्तै प्रम ओलीले नेता तथा कार्यकर्ताहरुलार्इ लगाएर अब पछिल्लो समय देशभरि महिला हिंसा लगायत बलात्कार, हत्या र चेलीबेटी बेचविखनको घटनालार्इ मुद्दा बनाएर सतहमा ल्याउने योजनामा जुटेका छन्।
प्रम ओलीले आफ्नो योजना अनुसार गृहमन्त्री थापालार्इ काम असक्षम देखाइ उनलार्इ रक्षा मन्त्रालयमा सार्ने र रक्षमन्त्री इश्वर पोखरेलार्इ गृहमन्त्री बनाउने योजनमा जुटेका छन् । यसरी ओलीले मन्त्रालय सटफेर गर्ने आफ्नो मिसनलार्इ अन्तिम रुप दिन तत्पर रहेको स्रोतको भनार्इ छ।
nepalpana







