अछाम । जिल्लामा सरकारी अधिकारी सवार गाडीले स्कूल जाँदै गरेका एक बालकलाई किचेको छ । त्यो पनि जिल्ला शिक्षा कार्यायलय अछामका प्रमुख र विद्यामन्दिर माविका व्यवस्थापन समिति अध्यक्ष सवार गाडीले ।
जिल्ला शिक्षा कार्यालय अछामका प्रमुख लक्ष्मण गिरी र व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर शाही सवार गाडीले पञ्चदेवल विनायक नगरपालिका–३ का ७ वर्षीय सुनिल शाहीलाई स्कूल जाँदै गर्दा गाडीले किचेको हो । स्थानीय मालिका पब्लिक बोर्डिङ स्कूलमा नर्सरीमा अध्ययनरत बालकलाई बा १ झ ९३०५ नम्बरको गाडीले दुबै खुट्टा काम नलाग्ने गरी किचेको छ ।
यसैबीच अखिल क्रान्तिकारीले विज्ञप्ति निकालेर घटनाप्रति आपत्ति जनाएको छ । स्कूले बालकलाई देख्दादेख्दै गाडीले किच्ने गिरी र शाहीलाई कारवाहीको माग गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी अछाम अध्यक्ष रमेश बिसीले जारी गरेको विज्ञप्तिमा दोषीलाई कारवाहीसँगै घाइते बालकको उपचारको माग गरेको छ । त्यो नभए दोषीलाई कारवाहीको लागि संघर्षमा उत्रिने चेतावनी पनि दिएका छन् ।
यस्तो छ विज्ञप्ति








