काठमाडाैँ । केही समयअघि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. कुलप्रसाद कोइराला लार्इ अपराधीक शैलीमा नियन्त्रण लिएपछि सर्वत्र निन्दा भएकाे थियाे। क्यानाडामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जाने क्रममा उनलार्इ विमानस्थलबाट नियन्त्रणमा लिएकाे थियाे। उपकुलपतिले अपमान सहन नसकि पत्रकार सम्मेलन नै गरेर प्रम केपी अाेलीलार्इ झपारेका थिए।

तर अनुमतिबिनै क्यानाडा जान लागेको भनेर पक्राउ गरिएकाे भनेर सरकारले अाफ्नाे बचाउ गरेकाे थियाे। डा।कोइरालामाथि सरकारले गरेको व्यवहारको सर्वत्र निन्दाभएपछि केही समय चुप लागेर सरकार फेरि उनीमाथि नयाँ तरिकाले अनुसन्धान गर्न लागेकाे छ। कोइरालालाई सरकारले अहिले अाएर छानबिनको दायरामा नै उभ्याएको छ। सरकारले उनीमाथि छानबिनका लागि एक समिति गठन गरेको छ। शिक्षा मन्त्रालयले डा।कोइरालामाथिको छानबिनका लागि प्राध्यापक डा। राममान श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको छ।

उपकुलपति कोइरालाले यसलाई सरकारको ‘तुष पोख्ने प्रपञ्च’ रहेको बताएका छन्। आफूलाई विमानस्थलबाट पक्राउ गरेपछि भएको सर्वत्र आलोचनालाई ढाकछोप गर्नका लागि आफूमाथि छानबिनको अवस्थामा सरकार पुगेको उनको भनाइ छ।

आफूमाथि छानबिन गरेर कुनै कमजोरी फेला पार्न सकिए सरकार विगतको आलोचनाबाट चोखो हुुने र मलाई कारबाही गरेर तुष मेट्ने प्रपञ्च रचेको उनले बताए।

विमानस्थलबाट पक्राउ परेपछि उनले सरकारविरुद्ध कडा टिप्पणीसमेत गरेका थिए। ‘मलाई प्रहरी लगाएर विमानस्थलबाट पक्राउ गरिएपछि सरकारको ठूलो आलोचना भयो, अनि मैले पनि सरकारका विरुद्ध कडा टिप्पणी गरेँ,’ उनले भने, ‘अब ममाथि छानबिन गरेर कुनै दोष भेटाउन सकिए पुरानो आलोचना मेटिन्छ भन्ने सरकारको प्रयत्न हो। ममाथि छानबिन होस्, म स्वागत गर्छु।’ उनले आफू दोषी प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न तयारसमेत रहेको बताए।
nepalpana

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार