काठमाडौं । रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ ।

क्षेत्रीय आपत्कालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र सबै जनाको मृत्यु भएको जनाएको छ ।

स्थानीय समयनुसार शनिबार बिहान १०ः२० बजे दुर्घटनामा भएको अधिकारीहरुले बताएका छन् । प्रारम्भिक विवरणहरुका अनुसार प्राविधिक गढबढी र चालकका कारण हेलिकोप्टर दुर्घटना भएको बताइएको छ ।

हेलिकोप्टर उडेर २ किलोमिटर दुरीपार गरेपछि दुर्घटनामा परेको थियो । विमानमा रहेका र दुर्घटनामा परी मृत्यु भएका मध्ये १५ जना यात्रु र ३ जना चालक दलका सदस्य थिए ।
onlinedabali

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार