काठमाडाैँ । डोल्पाका युवाहरुले सांसद धनबहादुर बुढालाई राजीनामा गराउने षडयन्त्र रच्ने र परिस्थित सिर्जना गर्ने प्रधानमन्त्री केपी ओलीको रवैयाप्रति घोर आपत्ति जनाएका छन् ।
युवाहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सांसद बुढाले डोल्पाली जनताको विश्वास जितेको र उनलाई पाँच वर्षसम्म काम गर्न दिन प्रधानमन्त्री ओलीसहित नेकपा नेतृत्वको ध्यानाकर्षण गराएका छन् । बर्दियाबाट चुनाव हारेका नेकपाका नेता वामदेब गौतमलाई सांसद बुढालाई राजीनामा गराएर उक्त क्षेत्रबाट उपनिर्वाचनमार्फत् संसदमा ल्याउन चलखेल भएको भन्दै उनीहरुले प्रधानमन्त्रीप्रति कटाक्ष बोल्दै आपत्ति जनाएका हुन् ।
जनताका आशा र भरोसाका रुपमा रहेका बुढालाई राजीनामा दिन कुनै पनि हिसाबले नमिल्ने भएकाले त्यसो नगर्न नेकपालाई सचेत गराउनु परेको डोल्पाका युवा राजीव शाहीले बताए ।
पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्रीसमेत रहेका बुढालाई राजीनामा दिन लगाएर वरिष्ठ नेता गौतमलाई उपनिर्वाचनमार्फत् डोल्पाबाट सांसद बनाउने चर्चा चेलेको छ । तर, यो कुरा आफूहरुलाई मान्य नहुने डोल्पाका युवाहरुले चेतावनी दिएका छन् ।
साेही क्रममा एक डाेल्पाली युवाले दिए यस्ताे मनतब्य
यहाँउपस्थितसबैलाई नमस्कार । डोल्पाली, लोकतन्त्रपक्षधर नेपालीहरु र पत्रकार महानुभावहरुको सहभागिताको लागि म कृतज्ञ छु ।
सायद, यो पहिलो पटक हो डोल्पालीआवाज नेपाली राष्ट्रिय राजनैतिकबिषयमा । भौगलिक विकटताले अवभने रोक्न सक्दैन् हाम्रो आवाजलाई । आजको प्रसंग डोल्पाको होला तर यो विषय राष्ट्रिय राजनीतिको हो । सुशासनको हो । लोकतन्त्रको हो । र आम स्वाभिमानी नेपालीको स्वाभिमानको हो । यतिमात्रै होईन, यो राजनैतिक संस्कारको र विकासको मुद्धा हो । यस्ता विषयमाबोल्नकिन सकेनौं त पहिला?दवाईएको हो वाआफै दवेको हो तर जे भएपनिहाम्रो आवाजदविएको त हो नि, होईन् ? । तर अव, यो आवाज फुटेको छ । तत्काल सानो सुनिएला तर यसले निरन्तरतापाएमा पढ्दै जानेछ । बढ्नु पनि पर्छ किनकि यो निराशावीचको एक आशाको किरण बन्न सक्छ ।
आजको विषयमा हाम्रो धारणा प्रस्तुत छ गर्न चाहन्छु ।
विगत केहीहप्तादेखि पत्रपत्रिका, अनलाईन र सामाजिक संजालबाट डोल्पाका सांसद् श्री धनबहादुर बुढालाई राजिनामादिनलगाई उक्त क्षेत्रबाट गतनिर्वाचनमाबर्दियाबाट चुनावहारेका नेकपाका नेताश्री बामदेव गौतमलाई चुनावमा सहभागि गराई जिताउने प्रपञ्च रचिएको कुरा खुल्नआएको छ । कुनै एक व्यक्ति वा पार्टीको स्वार्थमा नेपालमा जे पनि संभवहुन सक्छ, र त्यो संभव तुल्याउन नेपाली जनताकोलामो संघर्ष र बलिदानबाट प्राप्तलोकतन्त्रको अवमुल्यन र गणतन्त्र नेपालको संविधानको अपव्याख्या गर्न पनि सकिन्छ भन्ने गलतनजिर स्थापित गराउनखोजेको देखिन्छ । यो सम्पुर्ण लोकतन्त्रपक्षधर नेपालीहरूको गम्भिर चिन्ता र चासोको विषय हो ।
भारी बहुमतले बिजयीश्री धनबहादुर बुढालेपनि डोल्पाली जनता मेरो गोजीका भोटरहरू हुन्, म जसरी चाहन्छु, त्यसरी प्रयोग गर्न सक्छु,भन्ने सोँची यस्तो सम्झौता गरेको सुन्दापनि विश्वस नै गर्न गाह्रो भईरहेको छ ।यदि साँचो नै हो भने, यो सरासर डोल्पाली जनताप्रतिको धोका हो । यसले गर्दा हाम्रो स्वाभिमानमा चोट पुगेको छ ।
हामी चाहन्छौं, यो हामीले सुनेको सबैकुरा गलतहोस्, वा भईसकेको भएपनितत्काल सच्चाईयोस् । संसाद श्री धनबहादुर बुढा जीतपाईलाई हामीफिर्ता बोलाउनचाहन्नौं, बरु थपबाकीँ समय यहाँले गरेका बाचा पुरा भएको हेर्न चाहन्छौं । विकास गर्न र बाचा पुरा गर्न गाह्रो भयो भनेर भाग्नपाउनुहुन्न । प्रयास गर्नेबेलाहो, यो भाग्ने बेलाहोईन् । तसर्थ, कुनै पनि पद वा पैसाको आशा र लोभमाजनमतको सौदावाजीनगरियोस् भनीखवरदारी दिन चाहन्छौं ।
होईन भने,आम डोल्पालीजनता र लोकतन्त्रप्रेमी हरेक नेपालीनागरिकहरूलेयस्तो व्यक्तिगत स्वार्थ केन्द्रमा राखेर चुनावमाहारिसकेको मान्छेलाई जवरजस्ती संसदमाल्याउने, पार्टीगत संरक्षण दिने, निर्वाचितव्यक्तिले पनिआफ्नो अनुकूल पद र पैसामाजनताको मतको सौदावाजी गर्ने जस्ता राजनैतिक कुसंस्कारको विरुद्ध लड्न पछि हट्ने छैनौँ ।
यतिभन्दाभन्दै पनिथपकदमचालियो भने, रामरामभन्न सकिन्छ, काँधमाहाल्न सकिन्न । र यसपछि हामीसँग एउटै विकल्प हुन्छ । डोल्पालाई जिताउने । लोकतन्त्रलाई बचाउने र हाम्रो स्वाभिमानउच्चबनाउने । यसैकालागिहामी निरन्तर लड्न तयार हुनुपर्छ, र हुनेछौं । किनकिअन्त्यमाजीत सत्यकै हुन्छ ।
nepalpana







