चोरी गरी भाग्ने क्रममा भीरबाट लडेर लमजुङमा एक जनाको मृत्यु भएको छ ।शुक्रबार दिउँसो साढे २ बजे लमजुङ क्वहोलासोथार ९ छापा बस्ने मरिचमान गुरुङको पसलमा ४ जना मानिसहरू आई पैसा राख्ने सानो बाक्सा चोरी गरी भाग्ने क्रममा खसेर एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
भाग्ने क्रममा नाम थर वतन नखुलेको अन्दाजी वर्ष २० को युवा १५ सय मिटर टाढा मध्य नेपाल नगरपालिका ८ करापुस्थित भीरबाट खस्दा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विरेन्द्रकुमार बस्यालले जानकारी दिए ।भीरबाट अन्दाजी ३ सय मिटर तल खस्दा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ चोरी गर्ने मध्ये लमजुङको क्वहोला सोथार ९ छापा बस्ने वर्ष ३० को बुद्धि बहादुर गुरुङलाई स्थानीयले नियन्त्रण लिएका छन् भने अन्य २ जना फरार छन्। प्रहरीले घटना बारे छानबिन भईरहेको बताएको छ । widekhabar बाट
https://www.youtube.com/watch?v=icEQ70ZUn6s&t=11s







