प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा सांसद निरु पालले अाफ्नाे जीवन खतरामा रहेकाे अप्राकृतिक घटना घटाएर गृहमन्त्री रामबहादुर थापा बादललार्इ असफल पार्न ग्राइन्ड डिजाइन रचेकाे खुलासा भएकाे छ ।

सांसद पालले प्रतिनिधिसभा बैठकमा कथित घटनालार्इ उाठएर देशमा सुरक्षमा ब्यवस्था खुकुलो रहेको भन्दै सरकारलार्इ प्रश्न गरेकी थिइन्।  जसको निशाना गृहमन्त्री थापा नै हुन् ।

उनले एक जना सांसद सुरक्षित छैन भने आम महिला कसरी सुरक्षित हुन सक्छन् भन्दै सभामुख मार्फत आफ्नै पार्टीका मन्त्रीलार्इ प्रश्न गरेपछि पूर्व माओवादीका नेताहरुबीच यो कुराले सनसनी मचाएको छ ।

गत विहीवार संघीय संसद प्रतिनिधिसभाको विषेश समयमा बोल्दै सांसद निरुदेवी पालले गत मंगलबार आफूमाथि घाँटीमा पेस्तोल तेर्साएर ज्यानमार्ने धम्की आएको भन्दै आम नेपालीमा सुरक्षाको प्रत्याभुति गराउँनसमेत सरकारसँग माग गरेपछी प्रम ओली अब गृहमन्त्री थापाको कामप्रति औँला ठड्याउने योजनामा जुटेको स्रोतको भनार्इ छ।

त्यस्तै प्रम ओलीले नेता तथा कार्यकर्ताहरुलार्इ लगाएर अब पछिल्लो समय देशभरि महिला हिंसा लगायत बलात्कार, हत्या र चेलीबेटी बेचविखनको घटनालार्इ मुद्दा बनाएर सतहमा ल्याउने योजनामा जुटेका छन्।

प्रम ओलीले आफ्नो योजना अनुसार गृहमन्त्री थापालार्इ काम असक्षम देखाइ उनलार्इ रक्षा मन्त्रालयमा सार्ने र रक्षमन्त्री इश्वर पोखरेलार्इ गृहमन्त्री बनाउने योजनमा जुटेका छन् । यसरी ओलीले मन्त्रालय सटफेर गर्ने आफ्नो मिसनलार्इ अन्तिम रुप दिन तत्पर रहेको स्रोतको भनार्इ छ।

तर प्रचण्ड यसबारेमा अनविज्ञ छन्। स्राेतका अनुसार प्रचण्ड यसबारेमा थाहा पाउने बितिक्कै पार्टी भित्र खैलाबैला मच्ने निश्चित छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार