काठमाडाैँ । कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीले प्रधानन्यायाधीशमा आफ्नो नाम अस्वीकृत भएपछि संसदीय सुनवार्इ विशेष समितिबीच भएकाे कुराकनी बारे खुलासा गरेका छन्।

एक अन्र्तवार्तामा जोशीले भनेका छन्,‘ममाथि जे आरोप लगाइएको छ, त्यसबारे उहाँहरुले मलाई प्रश्न नै गर्नुभएन । त्यसैले यसबारेमा म धेरै बोल्दिन ।’

तर तपाईलाई प्रधानन्यायाधीशका लागि अयोग्य भनियो नि ? भनेर धमलाले सोधेको अर्को प्रश्नमा उनले भनेका छन्,‘मलाई अयोग्य भनेर उहाँहरुले निर्णय गरिसक्नुभयो । अब म के भनम र रु मलाई दुःख लागेको छैन । संसदबाट भएको कामलाई मान्नैपर्यो ।’

शुक्रबार संसदीय सुनुवाई विशेष समितिले दुई तिहाईको बहुमतले जोशीको नाम प्रधानन्यायाधीशबाट अस्वीकृत गरेको थियो।

https://www.youtube.com/watch?v=icEQ70ZUn6s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार