गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आईतबार साँझ (अहिले) इण्डोनेसियाको राजधानी बाली प्रथान गर्ने भएका छन् । मन्त्री थापा राजधानी बालीमा आयोजना हुने ‘मानवतस्करी, बेचविखन र अन्तरदेशीय अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन इण्डोनेसिया प्रस्थान गर्ने भएका हुन् । गृह मन्त्रालय स्रोतका अनुसार मन्त्री थापा बेलुका ९ः३० बजे इण्डोनेसिया प्रस्थान गर्दैछन् ।

नेपाली मिति अनुसार साउन २१ र २२ गते चल्ने सातौ मन्त्रीस्तरीय सम्मेलनमा बिभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी हुने सम्मेलनमा उनले २२ गते सम्बोधन गर्नेछन् । सम्मेलनमा नेपालसहित भारत, चीन,अस्ट्रेलिया लगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय एजेन्सीहरु आईओएम, यूएनएचसीआर र यूएनओडीसी सम्मेलनको सदस्यको रुपमा सहभागि हुनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार