काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सुरक्षा गार्ड खटिएका डिएसपी सानुरमा भट्टराईफेरिएका छन्। प्रधानमन्त्री ओलीकाे सुरक्षा कमान्ड सम्हालेका डीएसपी फेरिएका हुन्।
आइतबारदेखि प्रधानमन्त्रीको सुरक्षा गार्डको रूपमा सुरक्षा कमान्ड सम्हाल्न डिएसपी राजन लिम्बुलाई पठाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएकाे छ।
डिएसपी लिम्बु यसअघि प्रहरी प्रधान कार्यालयमा नै रहेको सुरक्षा निर्देशनालयमा कार्यरत थिए।
यसअघि प्रधानमन्त्रीको सुरक्षामा खटिएका डिएसपी सानुरमा भट्टराई एसपीमा बढुवा भई केन्द्रीय अनुसन्धान व्यूरोमा सरुवा भएपछि डिएसपी लिम्बुलाई पठाइएको हो।
लिम्बु यसअघि तत्कालीन सभामुख सुवास नेम्वाङको सुरक्षामा खटिएका थिए।
प्रधानमन्त्रीलाई सामान्यतया डिएसपीको कमान्डमा सुरक्षा व्यवस्था मिलाइएको हुन्छ।
गत पुसमा केपी शर्मा ओली प्रधानमन्त्री हुनुभन्दा केही दिन अघि नै डिएसपी भट्टराई नेपाल प्रहरीका १० सुरक्षाकर्मीसहित सुरक्षा खटिएका थिए।nepalpana







