काठमाडौँ-४ बाट प्रतिनिधि सभामा निर्वाचित सांसदसमेत रहेका कांग्रेसका युवानेता गगन थापाले निर्धारित समयमा सडक निर्माणको ठेक्का पुरा गर्न नसक्ने शारदाप्रसाद अधिकारीसहितका कम्पनीको ठेक्का रद्द गर्न माग गरेका छन्।शैलुङ कन्स्ट्रक्सनको प्रमुख रहेका ठेकेदार अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरधनी हुन्।सांसद थापाले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ-४ का सडक निर्माणको ठेक्का लिएर समयमै काम नसक्ने शैलुङ कन्स्ट्रक्सनसहितका चार निर्माण कम्पनीहरुलाई कारवाहीको माग गरेका छन्। थापाले ठेक्का रद्द गर्न माग गरेका अन्य कम्पनीहरुमा राप्रपाका नेता तथा पूर्व मन्त्री विक्रम पाण्डेको कालिका, तुँदी, प्रभा, साप रहेका छन्।सो निर्वाचन क्षेत्रमा सडक निर्माणका लागि जनप्रतिनिधिहरु र स्थानीय जनताका साथ हुँदाहुदै पनि ती निर्माण कम्पनीहरुमा आफूले पाएको काम इमानदारीपूर्वक काम सक्ने नियत नरहेको भन्दै ठेक्का रद्द गर्न गगनले माग गरेका हुन्। उनले ठेकदार कम्पनीको ठोस प्रगति नदिएको पनि बताए।

‘स्थानीयको अवरोध देखाइ वा अन्य कुनै बहानामा अब यी निर्माण कम्पनीले आफ्नो ठेक्का थप गर्नुको कुनै औचित्य नरहेको’ थापाले बताएका छन् ।शैलुङले आकाशेधारा राममन्दिर कृष्णमन्दिर सडक र सुन्दरवस्ती, आदर्शनगर, चुन्नीखेल, टुपेक टुसाल, जग्दोल, राष्ट्रिय शहीद पार्क लगायतका सडकको काम सम्पन्न गरेको छैन। दुवै सडकका सम्झौताअनुसार निर्माण गर्न तोकिएको समयमा ८ महिना र एक वर्षअघि समाप्त भएको छ ।शैलुङले नै ठेक्का लिएको स्पेशल चोक, बालुवाखानी, आकाशेधारा, सात तले सडकको निर्माण गर्नुपर्ने समयावधि २३ जेठमा समाप्त भइसकेको छ। त्यसैगरी साप र कालिकाले ठेक्का लिएको बुढानीलकण्ठपूर्व तैलुङ स्कूल, देउवा चोक सडकको पनि निर्माणको मिति सकिएको नौ महिना भन्दा बढी भएको छ।त्यसैगरी तुँदी र प्रेराले ठेक्का लिएको दुई सडक पनि समयमै सकिएको छैन। चुनीखेल चपली बुढानीलकण्ठ सडक (अनिगुम्बा कृष्ण मन्दिर पिपलबोट सडक), महाकाल, भृकुटी चोक, तेन्जिङ चोक, पैmका सडक निर्माण सम्झौतापनि समयावधिभित्र सम्पन्न हुन सकेको छैन।dainikpana

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार