सत्ताधारी नेकपाका अध्यक्ष प्रचण्डका घरधनी एवं  शैलुङ कन्स्ट्रक्सनका प्रमुख ठेकेदार शारदा अधिकारीले राजनीतिक आडमा उन्मुक्ति पाउँदै ठेक्कापट्टा लिएर काम नगरेकाे भन्दै नेपाली कांग्रेसका नेता गगन थापाले कारवाही गर्ने भएका छन् ।

युवा नेता थापाले आफ्नो निर्वाचन क्षेत्रको सडक समयमा सम्पन्न नगर्ने निर्माण कम्पनीको ठेक्का रद्द गर्न माग गर्दै सडक विभागमा उजुरी दर्ता गरेका छन् ।

निर्वाचन क्षेत्रमा सडक निर्माणका लागि जनप्रतिनिधि र स्थानीय जनताका साथ हुँदाहुदै पनि ती निर्माण कम्पनीमा आफूले पाएको काम इमान्दारीपूर्वक सक्ने नियत नरहेको भन्दै ठेक्का रद्द गर्न गगनले माग गरेका हुन् ।

थापाले ठेकदार कम्पनीको ठोस प्रगति नभएकाे भन्दै उनले स्थानीयको अवरोध देखाइ वा अन्य कुनै बहानामा अब यी निर्माण कम्पनीले आफ्नो ठेक्का थप गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।

शैलुङले आकाशेधारा राममन्दिर कृष्णमन्दिर सडक र सुन्दरवस्ती, आदर्शनगर, चुन्नीखेल, टुपेक टुसाल, जग्दोल, राष्ट्रिय सहिद पार्क लगायतका सडकको काम सम्पन्न गरेको छैन । दुवै सडकका सम्झौताअनुसार निर्माण गर्न तोकिएको समयमा ८ महिना र एक वर्षअघि समाप्त भएको छ ।

शैलुङले नै ठेक्का लिएको स्पेशल चोक, बालुवाखानी, आकाशेधारा, साततले सडकको निर्माण गर्नुपर्ने समयावधि २३ जेठमा समाप्त भइसकेको छ ।

त्यसैगरी साप र कालिकाले ठेक्का लिएको बुढानीलकण्ठपूर्व तैलुङ स्कूल, देउवा चोक सडकको पनि निर्माणको मिति सकिएको ९ महिनाभन्दा बढी भएको छ ।

त्यसैगरी तुँदी र प्रेराले ठेक्का लिएको २ सडक पनि समयमै सकिएको छैन । चुनीखेल चपली बुढानीलकण्ठ सडक (अनिगुम्बा कृष्ण मन्दिर पिपलबोट सडक), महाकाल, भृकुटी चोक, तेन्जिङ चोक, फैका सडक निर्माण सम्झौतापनि समयावधिभित्र सम्पन्न हुन सकेको छैन ।

नेता गगन थापाले नामै किटेर सडक विभागमा उजुरी दिएपछि अब विभागले कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार