भक्तपुरको ठीमीमा सोमबार प्रहरी इन्काउन्टरमा परी २ जना ‘अपहरणकारी’ को मृत्यु भएको छ।महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहका अनुसार आइतबार साँझ काँडाघारीबाट अपरहणमा परेका बालकको शव भेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा ठिमीमा अपहरणकारी लुकेको सूचना आयो।उनीहरूलाई खोज्दै गएको प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले चलाएको गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा अजय तामाङ र गोपाल तामाङ रहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ। प्रकाशित मिति: सोमबार, साउन २१, २०७५,
काठमाडौं । काठमाडौंको लाजिम्पाटमा अवैध यौन धन्दा चलाएको आरोपमा चारजना पक्राउ परेका छन् । लाजिम्पाटमा फ्लाट नै भाडामा लिएर तीन वर्षदेखि सञ्चालनमा रहेको अवैध यौन धन्दा व्यवसायमा प्रहरीले छापा मार्ने क्रममा उनीहरु पक्रा परेका हुन् । यौनधन्दा गराउँदै आएको ठाउँबाट छापा मारेर प्रहरीले सञ्चालकसहित चार जनालाई पक्राउ गरेको हो । जसमा दुई जना भारतीय नागरिक समेत छन् ।भारतको मोतिहारीका मुकेश शाह र निपेन्द्र शाह रहेको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ । विशेष सूचनाका आधारमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।काठमाडौंको लाजिम्पाटमा फ्ल्याट नै भाडामा लिएर कोठी चलाउने २ युवतीलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले ललितपुर पाटनकी २८ वर्षीया प्रिया श्रेष्ठ र मकवानपुरकी १८ वर्षीया मन्दिरा तामाङ तितुङलाई पक्राउ गरेको हो।उनीहरूले विभिन्न प्रलोभन देखाएर युवतीहरूलाई आफ्नो सञ्जालमा ल्याउने र जबरजस्ती यौनसम्पर्क गर्न लगाउने गरेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।यस अघि एक युवतीले आफूलाई जबरजस्ती यौनसम्पर्क गर्न लगाएको भन्दै काठमाडौं प्रहरीले उजुरी दिएको प्रहरीले जनाएको छ।पक्राउ परेका युवतीलाई प्रहरीले मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाएको छ।प्रकाशित मिति: सोमबार, साउन २१, २०७५, १२:०६:००। chautarionline







