काठमाडौं । गृहमन्त्री राम बहादुर थापालार्इ सांसद निरु पालकाे पेस्तोल प्रकरणले तनावित बनाइरहेकाे बेला झन् ठुलाे घटनाकाे सामना गर्नु परिरहेकाे छ।
काँडाघारीबाट एक ११ वर्षीय बालकलार्इ अपराहण गरी अपराहणकारीहरुले प्रहरीलार्इ नै चुनौती दिएका छन्। बालक निशान खड्कालार्इ अपराहणकारीहरुले अपराहण गरी प्रहरीलार्इ चुनौती दिएका हुन्।
गृहमन्त्री थापाले याे घटनालार्इ तत्लकाल समाधान गर्नलार्इ अाइजीपी सर्वेन्द्र खनाललार्इ निर्देशन दिएका छन्।
अपहरण गर्ने समूहले परिवारसँग करोडौं रुपैयाँ फिरौती माग गरेको परिवारिक स्रोतले बताएको छ । स्थानीय चमेली खड्काकी छोरा निशान आइतबार साँझ घरबाटै अपहरणमा परेका हुन् ।
प्रहरीले ती अपराहणकारीहरुको गहन रुपमा खोजतलाश गरिरहेको छ। घटनास्थलमा आवश्यक रुपमा प्रहरी परिचालन गरिएको छ। nepalpana







