काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नै रवैयाका कारण उनको पद धरापमा पर्न गएको छ।

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई अयोग्य ठहर गर्दा संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी ओलीमाथि पनि नैतिक प्रश्न खडा भएको नेपाली काँग्रेसले जनाएको छ ।

प्रधानमन्त्री ओली यदि नैतिकतालार्इ अनुसरण गरेभने छिट्टै नै उनले पद छाड्ने छन् । स्रोतका अनुसार प्रधानमन्त्री पद ओलीले छोड्ने वित्तिकै त्यसको दावेदार पहिलो प्रचण्ड नै हुन्छन्।

सोमबारको बैठक शुरु हुनासाथ कांग्रेस सांसद ज्ञानेन्द्र बहादुर कार्कीले जोशीको नाम अस्वीकृत गर्नुपर्ने कुनै कारण नरहेको भन्दै कांग्रेसले बैठक बहिस्कार गर्नुपरेको जनाए ।

‘संवैधानिक समितिले प्रस्ताव गरेका दीपकराज जोशीलाई अस्वीकार गर्नुमा न्यायाललाई निषेधित र नियन्त्रित गर्ने सत्तापक्षको उद्देश्य हो,’ कार्कीको भनाई थियो ।

‘संख्याको आधारमा घोषणा गर्दा राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय प्रश्न उठेको भन्दै यदी जोशी अयोग्य हुन् भने संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी ओलीको हैसियत के हुने रु वहाँले राजनीतिक र नैतिक जिम्मेवारी लिने कि नलिने रु,’ उनले भन्दै प्रश्न गरे ।

https://www.youtube.com/watch?v=icEQ70ZUn6s&t=46s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार