काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डबीच सोमबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाका सँगै पार्टीका जनवर्गीय संगठनलाई पूर्णता दिने विषयमा छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

यस्तै मंगलबार पार्टीको सचिवालय बैठक बोलाउने पनि निर्णय भएको बताइएको छ ।‘समय’सँग किन यति धेरै ‘कम्प्रमाइज’ गर्छन् प्रधानमन्त्री ओली ? काठमाडौं– आफू दोस्रो पटक प्रधानमन्त्री भएको एक महिनापछि प्रधानमन्त्री केपी ओलीले सिंहदरबारमा मन्त्री र सचिवहरूलाई वैशाख ४ गते संयुक्त रूपमा निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार असाधारण दायित्व बोकेको सरकार भएको भन्दै परम्परागत मानसिकताबाट माथि उठेर काम गर्न निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार नेपालको पहिचान बदल्ने लक्ष्यमा रहेकाले यसका लागि नीति निर्माण तहमा बस्नेहरूको सोचाइ पनि परिवर्तन हुनुपर्ने भनेका थिए, ‘तपाईंहरूले समयको ख्याल गर्नुहोला । हरेक मिनेटको समयलाई सदुपयोग गरेर काम गर्नुस् । काम गर्दा लक्ष्य निर्धारण गर्न र लक्ष्य प्राप्त भए नभएको ख्याल गर्नुस् । तर यस कारण, यदि यस्तो भएर भएन भन्ने छुट अब कसैलाई छैन ।’

समयलाई लिएर यति कठोर निर्देशन दिने प्रधानमन्त्री ओली आफै चाहिँ समयप्रति बेपर्वाह छन् । उनी आफै मन्त्रिपरिषदका बैठकमा कहिलेकाहीँ एक–दुई घण्टा ढिला पुग्छन् । एक त ढिला पुग्छन्, त्यसमा पनि प्रधानमन्त्री ओलीले कहिलेकाहीँ मन्त्रिपरिषद्को बैठकमा यति लामो भाषण दिन्छन् कि मन्त्री नै थाक्छन् ।

एक मन्त्री सुनाउँछन्, ‘प्रधानमन्त्रीज्यूले अरूले समयको ख्याल गरून् भन्नुहुन्छ, आफ्नो हकमा लागू गर्न हुन्न । समयप्रति उहाँको गम्भीरता छैन् । कहिले उहाँलाई कुरेर घण्टौँ बसेपछि बैठक सुरु हुन्छ, कहले बैठक सुरु भएपछि लम्बेतान भाषण दिनुहुन्छ ।’

समयसँग ओलीको पहिलादेखि नै त्यति राम्रो तारतम्भ होइन । कार्यक्रम र भेटघाटको प्राथामिकता नछुट्टाउने प्रधानमन्त्री ओलीमा पहिलादेखिकै समस्या हो । तर दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीले यसमा सुधार गर्लान् भन्ने अपेक्षा थियो । तर ओलीले यसपालि पनि समयमा खासै ध्यान दिएका छैनन् । यद्यपि प्रधानमन्त्रीको सचिवालय चाहिँ कामको व्यस्ताले कहिलेकाहीँ ढिला हुने गरेको बताउँछ । ओलीको समयतालिकाले पार्टी सङ्गठनकै कार्यक्रम प्रभावित भएपछि यो मुद्दा अहिले उनकै पार्टी नेकपाभित्र पनि बहसमा छ ।

पूर्वएमालेहरू ओलीको समयसँगको लापरवाहीबारे जानकार छन् । एकीकृत पार्टी भएपछि पूर्वमाओवादीका नेताहरूले पनि अहिले यसलाई झेल्दै आएका छन् । यद्यपि नेपालमा समयलाई लिएर धेरै नेता चिन्तित हुँदैनन् । प्रधानमन्त्री ओली आफै चाहिँ भन्छन्, ‘मलाई समयको सुविधा छैन । त्यसैले धेरै गर्नुछ ।’ उनले आफ्नो स्वास्थ्य समस्यासँग जोडेर यस्तो भन्ने गर्छन् । प्रधानमन्त्रीको समयतालिकालाई लिएर नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि सन्तुष्ट छैनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार