काठमाडौं । साउनको सुरुदेखि बलात्कार र अपहरणदेखि हत्यासम्मका प्रमुख तीन घटना चर्चामा रहेका छन् । कञ्चनपुरकी बालिकाको बालात्कारपछि हत्या गरेको प्रसंग सेलाउन नपाउँदै भक्तपुरमा बालक अपहरणपछि हत्याको घटनाले समाजको मनोवृत्तिलाई प्रष्ट्याउँदैछ ।
काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ । आफ्नै चिनेजानेकाले उनको हत्या गरेको प्रहरीको भनाई छ । आइतबार राति अपरिचित नम्बरबाट आएको धम्कीले निशानकी आमा चमेली खड्काको होसहवास उडायो । काँडाघारीमा चिया पसल गरेर गुजारा चलाएकी खड्कालाई अपहरणकारीहरुले ४० लाख रुपैयाँ रकम मागेका थिए ।

सधै जासो आफ्नै चिया पसलमा आएर चिया खाने अपहरणकारीले सँगै खेल्ने छोरा निशानको अपहरण गर्लान भन्ने चमेलीले सामान्य अनुमान पनि गर्न सकिनन् । तर, आपराधिक मानसिकताको के भर ? यस्तै भयो, अन्त्यमा अपहरणपछि हत्यासम्म गर्न मन नपग्लिएका अपहरणकारी नुवाकोटका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाचोक कर्थलीका २३ वर्षीय अजय तामाङ ।

आइतबार दिउँसो साढे ४ बजे ११ वर्षीय बालक निशान अपहरणकारीको फन्दा परिसकेका थिए । सामान्य दिन झैँ कहीँ कतै साथीभाइसँग खेलिरहेकै होला भन्ने लागेको थियो, चमेलीलाई । सिन्धुपाल्चोको ज्यामिरे स्थायी घर भएका गणेश खड्का रोजगारीको सिलसिलामा मलेसियामा छन् ।

यसरी भयो प्रहरी इन्काउन्टर

बालक अपहरणको घटना जानकारी पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखाको टोली सोमबार विहानै अपहरणकारीको खोजीमा निस्कियो । आइतबार राति रकम माग्ने प्रयोग भएको मोवाइल ट्रयाक गर्दै प्रहरीले स्थानको पहिचान ग¥यो ।

मध्यान्ह १२ बजे भक्तपुरको थिमि नगरपालिका वडा नम्बर ९ स्थित श्याम लवटको निर्माणधीन घर मोबाइल ट्रयाकका क्रममा देखा प¥यो । त्यतिवेलासम्म बालक निशानको हत्या भइसकेको थियो । प्रहरी पुग्दासम्म बालकको शव गाडेको अवस्थामा फेला प¥यो ।

बालकको सकुशल उद्दारमा नाकाम बनेपछि प्रहरीले अपहरणकारीको खोजी थाल्यो । सुराकीको जानकारीलाई मध्यनजर गर्दै प्रहरी लाग्यो पाइलट बाबा जंगलतर्फ । प्रहरीले दुई अपहरणकारीलाई देखे ।

त्यस लगतै अपहरणकारीले आक्रमणको प्रयास गरेपछि प्रहरीले जवाफी फायरिङ ग¥यो । अन्ततः दुई अपहरणकारी गोपाल तामाङ र अजय तामाङ प्रहरी कारवाहीमा मारिए । घटनाले धेरै प्रश्न उव्जाइदिएको छ । कम आय भएका परिवारसँग किन मागियो ४० लाख अनुत्तरित प्रश्न प्रहरीले विस्तारै खोज्दै जाला ।news24nepal

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार