सुर्खेत,साउन २१ । सुर्खेतको भेरीगंगा नगरपालिका ५ मा आफ्नै सौतेलो बाबुबाट बालिका बलात्कार भएकी छन । सौतेलो बाबुले आमा उपचारका लागि नेपालगञ्ज गएको मौका छोपी शुक्रबार दिउँसो आफ्नै घरमा छोरीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ । बाख्रा गोठालो गएकी छोरीलाई घरमा बोलाएर ३० वर्षीय लोकेन्द्र दंगालले बलात्कार गरेको इलाका प्रहरी कार्यालय छिञ्चुका प्रमुख प्रहरी निरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिएका छन ।
आमा उपचारका लागि नेपालगञ्ज गएको मौका पारी जेठी छोरीलाई घर बोलाएर जबर्जस्ती करणी गरेको प्रहरी निरीक्षक न्यौपानेले बताएका छन । पीडित बालिकाको स्वास्थ्य उपचारका लागि मेहेलकुना अस्पतालमा राखिएको छ । आइतबार बिहान घटनास्थल पुगेर प्रहरीले पीडकलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।नेप्लिज न्युज बाट







