महानगरीय प्रहरी वृत बालाजुको बिशेष स्वीच अपरेशनले १३४ जनालाई नियन्त्रणमा लिएको छ ।प्रहरीले गरेको स्वीच अपरेशनमा बालाजु बाइपासबाट मुड्खु सम्मको विभिन्न होटलमा छापा हान्दा २३ जना महिला समेत पक्राउ परेका छन् ।

होटलहरुमा यौन जन्य गतिविधिहरुको वृद्धि भएको जनगुनासोका आधारमा अपरेशन थालिएको बालाजु प्रहरी बृतका डिएसपी चिरिञ्जीवी

कोइरालाले जानकारी दिए ।होटलहरुमा छापा हान्ने क्रममा होटलहरुकै आन्तरिक सुराकीका आधारमा केही जोडीहरु भागेका छन् ।यस्तै स्वीच अपरेशनबाट लाखौ लाख रुपैयाँ बराबरको बाजी राखी तास खेल्ने जुवाडेहरु समेत पक्राउ गरिएको डिएसपी कोइरालाले बताए ।तास सँगै प्रहरीले बनस्थली, माछापोखरी, गंगा हल श्रेत्रबाट क्यारेमबोड, पोट, स्नुकरमा ठूलो रकम बाजी खेलीरहेकाहरुलाई समेत नियन्त्रणमा लिएको छ ।articlesnepal बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार