अमेरिकाको क्यालिफोर्नियास्थित एक व्यापारिक केन्द्रमा बिमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

जोन वाएन बिमानस्थलका लागि उडेको सानो बिमान सान्टा एनास्थित व्यापरिक केन्द्रको पार्किङ क्षेत्रमा दुर्घटना भएको हो । पार्किङमा रहेको कारमाथि बिमान खस्दा त्यसमा सवार सबै ५ जनाको मृत्यु भएको स्थानीय प्रशासनलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

दुर्घटनाअघि पाइलटले बिमानमा खराबी आएको भन्दै आपतकालिन अवस्थाबारे कन्ट्रोल रुमलाई जानकारी गराएका थिए ।

राष्ट्रिय यातायात विभागले बिमान दुर्घटनबारे छानविन भइरहेको जनाएको  बीबीसीले उल्लेख गरेको छ ।

इण्डोनेसियामा शक्तिशाली भूकम्प, ९१ जनाको मृत्यु

इण्डोनेसियाको लोम्बोक टापुमा ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प  जाँदा  ९१ जनाको मृत्यु भएको छ । सयौं घाइते भएका छन् ।

सो टापुको उत्तरी तटमा भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । भूकम्पपछि सो क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । प्रसिद्ध पर्यटकीय क्षेत्रमा भूकम्प गएको एक साता नबित्दै पुन: भूकम्प गएको हो । सो भूकम्पमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।

राजधानी बालीबाट ४० किलोमिटर दुरीमा रहेको लोम्बोक हाईकिङ र तटीय क्षेत्रका लागि प्रसिद्ध मानिन्छ । भूकम्पपछि स्थानीय प्रशासनले सुरक्षित स्थानमा जान सबैलाई आग्रह गरेको छ ।

भूकम्पबाट भएको क्षतीको यकिन  विवरण आईनसकेको स्थानीय प्रशासनलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार