आइतबार साँझ काडाघारीबाट अपहरण गरी हत्या गरिएका सिन्धुपाल्चोकका ११ बर्षीया निशान खड्काकी आमालाई अपहरणकारीले आइतबारै बेलुका फोन गरेर ४० लाख मागेका थिए ।
छिमेकी जागृति भण्डारीका अनुसार फोन गर्ने व्यक्ति चिनेजानेकै र नियमित ग्रहक नै थिए ।
अपहरणपछि के भनेका थिए त अपहरणकारीले ?
छिमेकी जागृति भण्डारीको बयान जस्ताको तस्तै :
नौ बजेतिर यहाँको सटर झर्यो । अरुवेला अलि ढिलै सटर लाग्थ्यो ।
किन छिटै बन्द भएछ भन्यौँ । तल फेरि रोएको आवाज आयो । त्यस्तो आवाज आएपछि के भएछ बाहिर गएर बुझ्न जानु न भनेर घरमालिकलाई भने । उहाँ बाहिर गएर बुझ्दा बच्चा अपहरण गरेर ४० लाख ल्याउनु भनेछन् भन्नुभयो ।
हिजो त्यतिकै भयो । आज बिहान चाहीँ सोधीखोजी गर्दा बुबाहरुसँग कुरा गर्दा बच्चा लगेको छ भनेपछि त्यही नम्बरमा फोन गरियो । फोन गर्दा एक पटक महाबौद्ध भन्यो रे त्यसपछि अर्को पटक फोन गर्दा स्वीच अफ भैसकेछ ।
उनीहरुले जम्मा एक पटक फोन गरेछन् । फोन गरेर बच्चा जिउँदो चाहिन्छ भने ४० लाख लिएर आउनु भनेछन् ।
दिदी (बच्चाकी आमाका )अनुसार सधैँ विहानविहान चिया पिउन आउने मान्छे थिए फोन गर्ने । तर, पैसा लिएर कहाँ आइज भने भन्ने कुरा केही थाहा भएन ।
बिहान हल्लाखल्ला भयो मान्छेहरु जम्मा भए अनि हिजोकै नम्बरमा फोन गर्दा लाग्यो तर उठेन ।







