संसदीय समितिबाट अस्वीकृत भएका दीपकराज जोशीको सुनुवाइका लागि बस्ने बैठकमा नजान धम्की दिँदै बानेश्वरमा पेस्तोल ताकिएको भन्ने विषयले खुबै चर्चा पायो ।

पाल स्वयंले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई टेलिफोन गरी आफूमाथि अज्ञात व्यक्तिले सुनुवाइमा गए मारिदिने धम्की दिँदै बानेश्वरमा पेस्तोल ताकेको जानकारी दिइन् ।

सत्तारुढ पार्टीकी सांसदमाथि दिनदहाडै गोली ताकिएको भन्ने विषयलाई प्रधानमन्त्री र गृहमन्त्रीले गम्भीर रुपमा लिए । समाचारको हाइलाइट पात्र बनिन्, सांसद् पाल । घटनालगत्तै सरकारले संसदीय सुनुवाई विशेष समितिका ६ सदस्यको सुरक्षामा सुरक्षाकर्मी खटायो । पालसहित सत्ता पक्षका केही सांसदले उक्त विषयलाई लिएर संसदबैठक समेत तताए ।

‘माथिको आदशेमा’ प्रहरीले बानेश्वरमा सडकमा हिंडिरहेका ९० जनालाई पक्राउ पनि ग¥यो । उक्त घटनाबारे महानगरीय प्रहरी परिसर काठमाण्डु र महानगरीय अपराध महाशाखाले एकैसाथ घटनाको अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्रीको ठाडो निर्देशनमा एसपी रामदत्त जोशीको नेतृत्वमा टोली परिचालित छ । तर, अहिलेसम्म सांसदमाथि पेस्तोल ताकिएको घटनाबारे प्रहरीले केही सुइँको पाउन सकेको छैन । बरु उल्टै प्रहरीले उक्त घटना भएको हो कि होइन भन्नेमै शंका गर्न थालेको छ ।

‘बानेश्वरजस्तो व्यस्त स्थानमा दिउँसै माननीयमाथि पेस्तोल ताकिएको घटना देख्ने प्रत्यक्षदर्शी कोही नहुनु र पेस्तोल ताक्नेले मुखमा माक्स समेत नलगाएको भन्दै माननीयज्यूकै भनाइले घटना सत्य हो कि दाबी मात्रै हो भन्नेमा शंका उत्पन्न भएको छ’, प्रहरीका एक उच्च अधिकारीले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार