मानवअधिकारकर्मीहरुले कम्युनिष्ट सरकारले देशमा जनताहरुलार्इ सुरक्षाकाे प्रत्याभुत गराउन कुरा सतहमा ल्याउन थालेका छन्। कम्युनिष्ट सरकारकाे चरम लापरवाहीकाे कारणले देशमा दिनदिनै कुनै न कुनै अप्रिय घटना भइरहेकाे छ।

मानवअधिकारकर्मीहरुले सरकार जनताकाे सुरक्षाप्रति गम्भीर नरहेकाेले प्रधानमन्त्री केपी अाेलीलार्इ कडा सुरक्षा ब्यवस्था मिलाउन सुझाएका छन्।

कम्युनिष्ट सरकार बने यता जनताले सुरक्षाकाे प्रत्याभूत गर्न नसक्दा अभिभावकले अाफ्ना छाेरा छाेरीलार्इ एक्लै पठाउँदा डराउनु पर्ने अवस्था अाएकाे छ । किनभने कम्युनिष्ट सरकार खडा भएकाे झन्डै ६ महिना हुन लग्दा कुनै यस्ताे दिन छैन की जघन्य अपराधकाे देशले सामना गर्न नपराेस्। पछिल्लाे समय देशभरि नै महिला हिंसा लगायत बलात्कार, हत्या र चेलीबेटी बेचविखन भइरहेकाे घटनाले संचारमाध्यमकै पाना भरिरहेकाे छ ।

कम्युनिष्ट सरकार खडा भए पश्चात देशको सुरक्षाको दृष्टिकोणले हालत कस्तो छ त्यसको प्रमाण संचारमाध्यमले नै दिइरहेका छन ।

केही दिनअघि देशमा सुरक्षमा ब्यवस्था खुकुलो रहेको भन्दै सरकारकै प्रतिनीधि सांसद निरुदेवी पालले सरकारमाथि आरोप लगाएकी थिइन् ।

उनले एक जना सांसद सुरक्षित छैन भने आम महिला कसरी सुरक्षित हुन सक्छन् भन्दै सभामुख मार्फत आफ्नै पार्टीका गृहमन्त्रीमाथि काम गर्न नस्कनुको कुरा उठाउनले पनि बुझ्न सकिन्छ की कम्युनिष्ट सरकार सुरक्षा मामलामा कमजोर छ। राजधानी बाहिर हुँदै आएको जघन्य घटना अब राजधानीमा समेत हुन थालेको छ ।

कम्युनिष्ट सरकार बनेको ६ महिना नबित्दै देशमा हत्या, अपहरण र बलात्कारको घट्ना दिन प्रतिदिन तिब्रगतिमा बढी रहेको छ। हुँदा हुँदै राजधानीमै एक अबोध बालकको अपहरण गरी हत्या गरिएको छ। त्यस्तै शनिबार राति ११ बजे गोकर्णेश्वर नगरपालिका ६ की १४ बर्षिया बालिकालाई बलात्कृत भएकी छिन् ।

यी यस्ता घटनाको जिम्मेवारी सरकारले लिने की नलिने भन्ने ठुलो प्रश्न उब्जिएको छ।
किनकी नेपालको संविधानले मौलिक हकमै प्रष्ट रुपमै ब्यवस्था गरेको छ की जो सुकैलार्इ पनि बाँच्न पाउने अधिकार छ। तर नेपाली जनतालार्इ यो अधिकार दिलाउन सरकार नै असक्षम देखिरहेको छ ।

त्यसैले जे जति देशमा घटना भइरहेको छ त्यसको जिम्मेवारी कम्युनिष्ट सरकारले नै लिनुपर्ने हुन्छ। कम्युनिष्ट सरकार देशको सुरक्षा भन्दा आफ्नो गोजी भर्नेतिर लागेकोले देश सुरक्षित नभएको स्रोतको भनार्इ छ।

स्राेतका अनुसार प्रधानमन्त्री केपी शर्मा अाेलीले गृहमन्त्री थापालार्इ सुरक्षाकाे कडा ब्यवस्था मिलाउन निर्देशन दिएका छन्। यदि निर्देशन बमाेजिम काम नभए गृहमन्त्री राम बहादुर थापा बाादलकाे पद खाेसिन निश्चित रहेकाे स्राेतकाे दावी छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार