काठमाडौंः अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिका पुगेर बृद्धभत्ताको विरोध गरेका छन् । बृद्धभत्ताको राजनीतिबाट उदय भएको पार्टीका अर्थमन्त्री खतिवडाले बृद्धभत्ताको खुलेर विरोध गरेका छन् । नेकपाको घोषणापत्रमा बृद्धभत्ता ५ हजार पुयाउने उल्लेख गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले हातहातमा ५ हजारका दरले बृद्धाभता दिने भाषण समेत गरेका थिए । तर अर्थमन्त्री खतिवडाले भने अहिलेको अवस्थामा ऋण खोजेर बृद्ध भत्ता दिनुपर्ने अवस्था छ उनले भने ‘हामी छोरा नातीलाई ऋण बोकाएर बृद्धभत्ता बाँड्ने भन्दा पनि स्रोत जुटाएर बृद्ध भत्ता बढाउने पक्षमा छौं ।
८ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्नेगरी काम गरिरहेको बताएका छन् । उनले राज्य पुनसंरचनाको आधारमा अर्थतन्त्रको पनि धेरै पक्षको पुनसंरचनाको क्रममा रहेको भन्दै तत्कालै नजिता देखिनेगरी काम हुन बाँकी रहेको बताए ।

विश्व बैंक लगायतका दातृ निकायहरुसंगको छलफलको लागि तीन दिने अमेरिका भ्रमणको क्रममा रहेका अर्थमन्त्री खतिवडाले बाल्टिमोरमा आइतबार आयोजित एक कार्याक्रममा उपयुक्त स्रोत नभएकोले बृद्ध भत्ता बढाउन नसकेको स्पष्ट पारेका हुन् ।
खतिवडाले सरकारले १० वर्षमा १५ हजार मेगावाट क्षमताको विद्युत आयोजनाको विकासको योजना अगाडि सारेको भन्दै सरकारको अहिलेको क्षमताले ३ हजार मेगावाटको आयोजना मात्रै बन्ने र बाँकी १२ हजार आयोजनाको लागि स्रोतको खोजी आवश्यक रहेको बताए । १२ हजार मेगावाट विद्युत उत्पादन गर्न २४ खर्ब स्रोत जुटाउनको लागि अहिलेको भ्रमणमा छलफल हुने र गैर आवासीय नेपालीहरुलाई पनि जलविद्युतमा लगानी गर्न उनले जोड दिएका छन् । हामीले १२ हजारमा १० हजार मेगावाट जलविद्युत आयोजनाको विकास गर्ने योजनामा छौं, बाँकी यौर्य उर्जाको विषयमा छलफलमा छयसमा हामी सबैको सहयोग खोजिरहेका छौं उनले भने । उनले ३ वर्षमा नेपाल विद्युत निर्यात गर्ने अवस्थामा पुग्ने दाबी पनि गरे । आफ्नो सरकारले १० वर्षसम्ममा बैदेशिक रोजगारीमा गएकाहरु नेपालमै फर्किने व्यवस्था गर्ने योजना ल्याएको भन्दै अवको ५ वर्षमा श्रमको लागि कसैलाई विदेश जानुपर्ने अवस्थामाको अन्त्य गर्ने पनि बताए । हामीले पर्यटनलाई जोड दिएका छौं । आधारभुत आर्थिक बृद्धिलाई जोड नदिए सरकारको लक्ष्य पुरा हुँदैन ।

हामी पर्यटनबाट काममा अवसरहरु श्रृजना गर्छौं,रोजगारीका अवसरहरु मुलुकमा श्रृजना गछौैं’ उनले भने । उनले श्रमको सम्मान गर्ने बानी बसाल्नुपर्ने भन्दै विदेशमा रहेका नेपालीलाई विदेशी सिप लिएर नेपाल फर्कन आग्रह पनि गरे । विदेशमा काम गरेर फर्कने नेपालीममा अनुसासित श्रमको भावना विकास भएको हुन्छ । विदेशमा कमाएको अनुभव, ज्ञान र पुँजीको प्रयोग नेपालमा गर्न सकिन्छ’ उनले भने ‘विदेशमा रहेका नेपालीसंग सरकारको ठूलो अपेक्षा छ । विदेशमा रहेका नेपालीहरुले स्वदेशमा रहेका नेपालीसंग मिलेर नेपालमा लगानी गर्न सक्नुहुन्छ । खतिवडाले गैर आवासीय नेपालीहरुले सामुहिक लगानी कोषको माध्ययम वा पुँजी बजारमा पनि लगानी गर्न सकिने व्यवस्था रहेको बताए । अर्थमन्त्री खतिवडाले पारदर्शी खर्च गर्न र भ्रष्टाचार सुन्य पार्न सरकार कडा हुन खोजेको बताएका छन् । बहुमतको सरकार छ भनेर सरकार एक्लै हिड्न चाहँदैन भन्दै उनले राष्ट्रिय स्वार्थमा सबैपक्षसंग सहमति गर्न चाहेको बताए । अर्को एक प्रश्नमा उनले सेयर बजारमा कुनै पनि संकट नआएको भन्दै ढुक्क हुन सबैलाई आग्रह गरे । थोरै तलमाथि त न्यूओर्क स्टक एक्सचेन्जमा पनि हुन्छ,जापानमा पनि हुन्छ त्यसैको आधारमा सेयर बजार धारासायी नै भयो भन्ने हुन्दैन ।’ उनले भने मुल्य उतारचढाव स्वभाविक हो

https://www.youtube.com/watch?v=nMH9EIpRAC0

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार