काठमाडौं, २२ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला भाँडभैलो मच्चिएको छ । पार्टीको महासमिति बैठक यही आउने भदौमा गर्नुपर्ने बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको दबाब छ । तर, सभापति शेरबहादुर देउवा भने महासमिति बैठक दशैं वा तिहारपछिमात्रै गर्ने पक्षमा पुगेका छन्।
देउवाले महासमितिको बैठक डाक्न ढिलाई गर्ने छनक पाएपछि बरिष्ठ नेता पौडेल समूह यतिवेला सभापतिसँग असन्तुष्ट छ । यही विषयलाई लिएर नेता पौडेलले सभापति देउवालाई भेटेरै भदौमै बैठक राख्न आग्रह गरेका छन् ।
तोकिएको मितिमै महासमिति बैठक नडाके आफूहरुले पार्टीभित्र संघर्ष गर्ने चेतावनी पौडेल पक्षधर युवा नेताहरुले दिएका छन् ।sikharnews
https://www.youtube.com/watch?v=nMH9EIpRAC0







