नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आजाद केसीलाई अाज प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको छ ।

पारिवारिक स्रोतले जनाए अनुसार नेता केसीलाई भक्तपुरस्थित आफ्नै डेराबाट प्रहरीले मंगलबार अपराह्न प्रहरीले गिरफ्तार गरेको हो । प्रहरीले नेता केसीलाई गिरफ्तार गर्नुको कारण भने खुलाएको छैन ।

कोठामा बसिरहेको अवस्थामा प्रहरीले अपहरण शैलीमा गिरफ्तार गर्नु राज्यको गैर जिम्मेवारीपन भएको नेकपाले जनाएकाे छ ।

पछिल्ला दिनमा नेकपाका केन्द्रीय स्तरका नेताहरुलाई बिनाकारण धरपकड, गिरफ्तार गर्ने र उक्त पार्टीको  शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप बढाउँदै लगेपछि यस कार्यकाे सबैतिरबाट विराेध भएकाे छ ।

प्रचण्ड-आेली सरकारले नागरिकको मौलिक हकसमेत उल्लंघन गरेको भन्दै मानवअधिकारकर्मी, नेपाली कांग्रेसलगायतहरुले विरोध गर्दै अाइरेका छन् ।

स्मरणरहाेस् अाेली सरकारले यसअघि नेकपाका चार जना पोलिटब्युरो सदस्य पदम राई, ओम पुन, कृष्ण धमला (गम्भीर) र मोहन कार्की (जीवन्त)लाई विभिन्न स्थानबाट प्रहरीले गिरफ्तार गरेर हिरासतमा राखेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार