सप्तरी : सप्तरीको कञ्चनरुप नगरपालिका ८ बदगामा बसले माइक्रो बसलाई ठक्कर दिँदा १७ जना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ आइरहेको बा ३ ख ८४८५ नम्बरको माइक्रोबसलाई को १ ख ४४६८ नम्बरको बसले ठक्कर दिँदा १७ जना घाइते भएका हुन्।

बसले माइक्रोलाई पछाडिबाट ठक्कर दिँदा माइक्रो बिजुलीको पोलमा ठोक्किएको थियो। दुर्घटनामा ६ जना गम्भीर घाइते छन्। उनीहरुलाई थप उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको छ।

गम्भीर घाइतेमध्ये दुहवी ८ का उज्जल रेग्मीको अवस्था भने गम्भीर रहेको सप्तरी प्रहरीले जनाएको छ। अन्य घाइतेको भने स्थानीय अस्पतालमा उपचार भइराखेको छ।

घाइते सबै माइक्रोमा सवार यात्रु हुन्। माइक्रो र बस दुवै पूर्वबाट काठमाडौंका लागि छुटेका थिए। annapurnapost

https://www.youtube.com/watch?v=nMH9EIpRAC0

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार