काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी अाेली दाेहाेराे भूमिका खेलेकाे आरोप लगाएको छ । प्रधानन्यायाधीश नियुक्ति प्रकरणमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदको प्रतिष्ठा र जिम्मेवारी विपरित दोहोरो भूमिका खेलेको भन्दै अाक्राेश समेत ब्यक्त गरेकाे छ। मंगलबार बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो अाक्राेश ब्यक्त गरेकाे हो ।
कांग्रेसले यो यसलाई दुर्भाग्यपूर्ण भएको जनाउँदै न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण र नियन्त्रणकारी हस्तक्षेप भएको दाबी गरेको छ ।
सो पार्टीको केन्द्रीय समिति बैठकपछि जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीले आफ्नो पदको प्रतिष्ठा र जिम्मेवारी विपरित दूराशयपूर्ण ढंगले दीपकराज जोशीलाई आफै प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने र आफैं अस्वीकृत गराउने दोहोरो भूमिका खेलेका कारण नियुक्ति प्रक्रिया दुर्घटना परेको निश्कर्ष निकालिएको छ ।
विज्ञप्त्मिा भनिएको छः ‘यो घटनालाई निस्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण र नियन्त्रणकारी हस्तक्षेपका रुपमा लिदै नेपाली कांग्रेस आगामी दिनमा लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, संविधान, संवैधानिक सर्वोच्चता र न्यायापालिकाको स्वतन्त्रता एवं निष्पक्षता रक्षा गर्न अझ बढी गम्भीरताका साथ क्रियाशील रहने निर्णय गर्दछ ।’
https://www.youtube.com/watch?v=nMH9EIpRAC0







