हृदयमा मानवता नभएका हरामीहरुले एउटा सानो बालकलाई अपहरण गरेर विभत्स हत्या गरेका छन् । त्यति मात्रले नपुगेर यति सानो कमलो शरीरलाई खाल्डो खनेर पुरेछन् । एउटा निर्दाेष, निम्छरो, सानो कलकलउँदो बालकको यस्तो विभत्स हत्या ?
सोच्दा पनि मष्तिस्क हल्लिन्छ । ५ वर्षसम्म आफ्नो पसलमा नियमित रुपमा आउने ग्राहकले आफ्नो ६ कक्षामा पढ्ने छोराको यसरी अपहरण गरि बिभत्स हत्या गर्छ भनेर कसरी कल्पना गर्नु ? ११ वर्षको बालक निशान ।
स्कुलबाट फर्केपछि मलेसियामा रहेका आफ्ना बाबाको फोन आउँछ भनेर मोबाईल किन्न भनि आफ्नै हत्यारासँंग कति ठुलो विश्वासले साईकल चढेर गएका थिए । तर केही पैसाको लोभमा त्यति निर्दाेष जीवनको त्यति कोमल शरीरमा कसरी प्रहार गर्न सकेको होला अपराधीले ?
अनि कुन मुटुले खाल्डो खनेर एउटा सानो शरीरलाई पुर्न सकेको होला ? ११ वर्षीया छोरा गुमाउनुको पीडा यी जन्मदाता आमा कसरी सहिरहेकी होलिन थाहा छैन तर फिरौती वापत मागेको रकम समेत जोह गर्न नदिएका अपराधीहरुले दया, मायां, मानवता, सबका सब खरानी बनाए ।
प्रहरीले गरेको इन्काउन्टर बारे बिवाद चलिरहेको भएपनि अपहरणकारीलाई ठाउँको ठाउँ ड्याङ ड्याङ गोली ठोकेर फुक्लुक्कै ढालेको चाँही धेरै आम सर्वसाधारणले खुब मनपराएका छन् । न स सना छोरीहरु सुरक्षित छन्, न साना बालकहरुनै सुरक्षित छन् । जघन्य अपराधमा संलग्नहरु यसरी नै चरा ढलेको जस्तो हेर्न रुचाउने आँंखाहरु लाखौ करोडौ छन् तर यस्तो चाहना बर्तमान कानुनको बर्खिलाप हुन्छ ।
निशानलाई जिवितै उद्धार गर्न सकेको भए खुट्टा बजारेरै प्रहरीलाई सलाम ठोक्न हुन्थ्यो तर त्यस्तो हुन सकेन । प्रहरीले त्यो कोशिस गरेन पनि भन्दिन । आम मानसिकता बुझि हेर्दा पापीहरुको खुट्टामा गोली हानेर पक्रेको भए अपहरणको रहस्य खुल्थ्यो भन्नेमा अत्यन्त कम मत र प्रहरीले गोली ठिक ग¥यो भन्नेमा बढी मत देखिन्छ नै देखिन्छ ।
कारण, क्रुर अपराधीले निर्मम दण्ड पाउँछन् भन्नेमा आम मानिसलाई बिश्वास नै छैन् । पक्ष विपक्ष भन्दा पनि आम मनोविज्ञान बारे चर्चा गरेका हौ । धरौटीमा अपहरणकारी, बलात्कारी, हत्याराहरु छुटेको देखेका आम सर्वसाधारणको जोडी आँखाले त्रिप्त हुने अवसर पाउने भनेकै ठाउँको ठाउँ अपराधीलाई इन्कान्टर गर्दा हो रहेछ । इन्कान्टर कानुनी राज्यको राम्रो इक्जाप्ल होईन, राम्रो प्राक्टिस पनि हुदै होईन ।







