काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रधानन्यायाधीशको सिफारिसबारे जानकारी गराउँदै प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियालार्इ सरकारले छिट्टै अगाडी बढाउने बताएका छन् । उनले न्यायालयको नेतृत्व धेरै दिनसम्म खाली नरहने बताए।

मंगलबार वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डलेयस्ताे बताए ।उनले भने,’ ‘भोलि वा पर्सी परिषदबाट सिफारिस हुन्छ’

साथै रिक्त रहेका अन्य संवैधानिक पदहरुमा पदपूर्ति र संवैधानिक आयोगहरु गठनबारे पनि छलफल भइरहेको उनले बताए ।

‘हिजो मात्रै प्रधानमन्त्री र मेरो सामान्य कुराकानी भएको थियो’ उनले भने, ‘रिक्त रहेका संवैधानिक पदहरु पूर्ति गर्ने र संविधानले व्यवस्था गरेअनुसार अरु संवैधानिक आयोगहरु निर्माण गर्नेबारेमा छलफल भइरहेको छ । मैले बुझेसम्म प्रधानमन्त्री त्यसलाई पुर्णता दिने तयारीमा हुनुहुन्छ ।’

संसदीय सुनवार्इ विशेष समितिले विरिष्ठ न्यायाधीश दिपकराज जाेशीकाे सिफारिस अस्वीकृत गरेपछि उनकाे प्रधानन्यायाधीश बन्ने बाटाे बन्द भएकाे छ। त्यसै उनी पछिकाे वरिष्ठम न्यायाधीश अाेप्रकाश मिश्र र चाेलेन्द्र शमशेर जबरा रहेका छन् । स्राेतका अनुसार यी दुवै वरिष्ठ न्यायाधीश प्रधानमन्त्री अाेलीलार्इ प्रधानन्यायाधीश बन्नकाे लागि सबै उपाय लगाइरहेका छन्।

https://www.youtube.com/watch?v=nMH9EIpRAC0

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार