सुनसरी । सुनसरीको रामधुनी ३ मा सुनसरी मोरङ सिँचाई आयोजनाको सहायक नहरमा भाँडा माझ्ने क्रममा नहरले बगाएर २ जना बालबालिका बेपत्ता भएका छन । स्थानीय ११ बर्षिय सिर्जना खड्का र उनकै भाई ९ बर्षिय अश्बिन खड्का नहरमा बेपत्ता भएका थिए । नहरमा अब्दीमले भाँडा माझ्ने क्रममा उनलाई बगाएको र उनलाई तान्न जाने क्रममा दिदिलाई पनि बगाएको छ ।
५ घण्टाकाे अथक प्रयास पछी होमपाईपमा अड्किएको अबस्थामा गोताखोर टोलीले बेपत्ता दिदी भाईको शव निकालेकाे थियाे । जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी नारायाण चिमरियाका अनुसार खाँना खाएको भाडा माज्ने क्रममा डुबेर मृत्यु भएको जानकारी दिए । बेपत्ता दिदीभाईको खोजीमा सशस्त्र प्रहरी, जनपथ र दमकल प्रयोग गरिएको थियो ।



















