
अाेली सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता, प्रकाण्डको डेरामा छापा मारेको छ । आज अर्थात बुधबार बिहान ९ः३० मा काठमाडौँको सुकेधारा स्थित डेरामा प्रहरीले छापा मारेको हो ।
माथिकाे अादेश भन्दै प्रहरी इनस्पेक्टरको कमाण्डमा प्रवक्ता, प्रकाण्डको डेरामा बसेकाहरूलार्इ पेस्तोल देखाउँदै, बच्चाहरुलाई तर्साउदै र गाली गलौज गर्दै छापा मारेकाे हाे । प्रवक्ताकाे काेठाबाट केही कागजपत्रहरु लिएर गएको परिवारिक स्राेतले बताएकाे छ ।
पछिल्लो समयमा नेकपाका केन्द्रीय स्तरका नेताहरुलाई बिनाकारण धरपकड, गिरफ्तार गर्ने र शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप बढाउँदै आएको छ ।
प्रचण्ड–आेली सरकारले नागरिकको मौलिक हकसमेत उल्लंघन गरेको भन्दै विप्लव नेकपाले यस कार्यकाे तीव्र रूपमा विराेध गरेकाे छ मानवअधिकारकर्मीलगायतहरुले विरोध गर्दै आइरेका छन् ।
शान्तिपूर्ण गतिविधि गरिरहेका नेकपाका कार्यकर्तालार्इ अाेली सरकारले व्यापक धरपकड गरेर विद्यमान संविधानकै खिलाप गरेकाे भन्दै नागरिक समाज र मानव अधिकारकर्मीहरूले विराेध गर्दै अाएका छन् ।







