नेपाली कांग्रेस ओलीविरुद्ध एकजुट भए पछि कम्युनिस्टहरू,को भयो भागाभाग ! कांग्रेसको अगाडी केहि चलेन ओली सरकारको ? प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले प्रधानन्यायाधीश सिफारिस र संसदीय सुनुवाई प्रकरणमा दोहोरो भूमिका निभाएको भन्दै औपचारिक रुपमा विरोध गरेको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा मंगलबार राति सम्पन्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले न्याय परिषद् र संवैधानिक परिषद्बाट सर्वसम्मत रुपमा सिफारिस भएको प्रस्तावित प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीले संसदीय सुनुवाई समितिमार्फत अस्वीकृत गराएको भन्दै कांग्रेसले सरकारको आलोचना गरेको हो । कांग्रेसले प्रधानन्यायाधीश प्रकरणमा भएका सबै प्रक्रियाको जिम्मेवारी लिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले पद र प्रतिस्ठाको मर्यादा नराख्दा प्रधानन्यायाधीश प्रकरणमा ठूलो दुर्घटना भएको बताए । ‘न्याय परिषद् र संवैधानिक परिषद्को सर्वसम्मत सिफारिस गरेर प्रधानमन्त्रीले आफ्नै निर्णय उल्टाउनुभयो’, उनले भने, ‘प्रधानमन्त्रीले स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गर्नुभएको छ ।
’ संवैधानिक परिषद् र न्यायपालिकाले व्यक्तिको सिफारिस गर्दा सबै अभिलेख राखेर प्रस्ताव गर्नुपर्नेमा हचुवाको भरमा निर्णय गर्ने परम्पराले दुर्घटना भएको शर्माले बताए । प्रवक्ता शर्माले प्रधानन्यायाधीशमा प्रस्तावित भएर अस्वीकृत भएका दीपकराज जोशीको मागअनुसार प्रमाणपत्रको छानविनका लागि माग गर्ने निर्णय भएको जानकारी दिए । ‘दीपकराज जोशीको प्रमाणपत्र छानविन हुनुपर्छ’, उनले भने, ‘प्रमाणपत्र नक्कली छ भने दण्डित गर्नुपर्छ । कानून लाग्छ ।
जेल पठाउनुपर्छ ।’ कांग्रेसले संघीय संविधान अनुसार कानून र कार्यविधिहरू बनाउन पनि माग गरेको छ । प्रवक्ता शर्माले संविधानसँग बाुझिने गरेर रहेका ऐन, कानून र कार्यविधिलाई छिटोभन्दा छिटो बनाउन आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।
कांग्रेसको बैठकमा महासमिति बैठक सकेसम्म भदौभित्रै गर्न सुझाव आएको शर्माले बताए । त्यसका लागि विधान मस्यौदा समितिलाई पूर्णता दिने बारेमा पनि छलफल भएको उनले बताए ।
विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई समायोजन गर्ने, विभागहरूलाई पूर्णता दिन पनि कांग्रेस नेताहरूले बैठकमा धारणा राखेका थिए । नेविसंघको कार्यसमितिको अवधि साउन २२ गते मंगलबार रातिदेखि सकिदै छ । सो विषयमा पनि छलफल भएको प्रवक्ता शर्माले जानकारी दिए । नेविसंघको समयावधी थप गर्नेबारेमा बुधबार निर्देशक समितिको बैठक बसेर निर्णय लिने निर्णय कांग्रेसले गरेको छ
mediadabali बाट
https://www.youtube.com/watch?v=nMH9EIpRAC0&t=15s







