नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड काठमाडाैंबाट पक्राउ परेका छन् । उनलाई काठमाडाैंकाे थानकाेटबाट प्रहरीले पक्राउ गरेको पारिवारिक स्रोतले बताएकाे छ ।

छोरा नरेन्द्र बिकले प्रबक्ता प्रकाण्डलाई गिरफ्तार गरेको बताए । उनका अनुसार प्रकाण्डलाई टेकुमा राखिएको छ । पूर्वमन्त्री समेत रहेका प्रकाण्डलार्इ काठमाडौं प्रहरी परिसरमार्फत मुद्दा चलाइने जनाइएको छ ।

पार्टीनिकट स्रोतले दिएको जानकारीअनुसार उनी उपत्यका बाहिर आयोजना गरिएको बैठकमा सहभागी भएर राजधानीतर्फ आउँदै गर्दा नागढुंगाबाट समातिएका हुन् ।

प्रहरीले बिकलाई काठमाडौं प्रहरी परिसर टेकूमा राखेको छ । बिकका सहयोगी प्रेम दर्नालको फोन स्वीच्ड अफ रहेकाले उनी पनि पक्राउ परेको हुन सक्ने पार्टीका एक कार्यकर्ताले अनलाइनखबरलाई बताए ।

बिकलाई प्रहरीले गिरफ्तार गरेको विषयमा सो पार्टीका नेताहरु बुधबार बिहानसम्म बेखर थिए । उनलाई प्रहरीले टेकूमा ल्याएका बेला एकजना सुभेच्छुकले फोन गरेर पार्टी नेताहरुलाई सूचना दिएका थिए ।

आजै विहान सुकेधारास्थित प्रकाण्डको डेरामा पनि प्रहरीले छापा मारेको थियो ।

कालिकोटको मालकोटमा मध्यम वर्गीय दलित परिवारमा ०२५ सालमा जन्मेका बिक ०५२ सालदेखि माओवादीको पूर्णकालीन बनेर जनुयुद्धमा होमिएका नेता हुन् । उनी माओवादी नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत बनेका थिए ।

माओवादी पार्टी विभाजनमा वैद्यसमूहमा लागेका उनी पछि विप्लवतिर लागे । हाल उनी सो पार्टीको प्रवक्ता छन् ।

जनयुद्धमा लागेका बेला खड्गबहादुर दुईजना भाइहरु सुरक्षा पfmैजबाट मारिएका थिए । जनयुद्धमा माइलो भाइ सिंहबहादुर बिक र साइलो अमरबहादुर बिक मारिएका थिए ।

प्रकाण्डले ०४६ सालमा प्रचण्डनिकट अखिल नेपाल युवक संघबाट राजनीति सुरु गरेर ०४७ सालमा पार्टी सदस्यता पाएका हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार