प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधाीश दीपकराज जोशीको सिफारिस अस्वीकार हुनुका कारण खुलाएका छन् ।
बालुवाटारमा बुधबार बसेको नेकपा बैठकमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले ओलीले न्यायपरिषद्बाट आएको सिफारिसलाई संवैधानिक परिषद्ले अघि बढाएको तर, सुनुवाईका क्रममा विवादहरु आएपछि अस्वीकार गर्ने निर्णयमा पुगेको नेताहरुलाई बताएका थिए।
प्रधानन्यायाधीशमा आफैंले सिफारिस गर्ने र आफैंले अस्वीकृत गर्न पार्टी सांसदहरुलाई हृवीप लगाएको भन्दै प्रमुख विपक्षी कांग्रेसले प्रधानमन्त्री ओलीमाथि दोहोरो भूमिका खेलेकाे आरोप समेत लगाएको छ ।
https://www.youtube.com/watch?v=nMH9EIpRAC0







