भूकम्पको पिडा जसो तसो भुलाउदै जादा काभ्रेमा पहिरो आएपछि मध्यरातमा गाउँलेको भागाभाग ! के नेकपा सरकार हेर्ने मात्रै हो ? जिल्लाको भुम्लु गाउँपालिका १ रिठ्ठेका सन्तबहादुर नेपाली मंगलबार रातभर सुत्न सकेनन् । उनका छिमेकी डम्बर श्रेष्ठ भने बालबच्चा च्यापेर राति नै सुरक्षित चौर खोज्दै निस्किए ।
सन्तबहादुर र डम्बर मात्रै होइन्, यहाँका १५ परिवारलाई मंगलबार राति १० बजेपछि बाँचिन्छ भन्ने कुनै आशा थिएन । ‘हामी त अब बाच्यौं हाम्रा पशु चौपायाको हविगत के भयो कुन्नी स्थानीय भद्रबहादुर श्रेष्ठले दुख पोखे । डाँडाँ पुरै फाटिसक्या छ, अब कसरी कहाँ बस्नु, यो वर्ष त हामीलाई भूकम्प जस्तै पीडा पर्‍या छ’ अर्का स्थानीय मनोज नेपालीले भने ।
दूधे बालकको ज्यान गयो
लगातारको वर्षातपछि काभ्रे जिल्लाभर झन्डै ४० परिवार थातथलो छाड्नुपर्ने अवस्थामा आएका छन् । जिल्लाको मण्डनदेउपुर १० ज्याम्दीका २० परिवार पहिरोको उच्च जोखिममा रहेका छन् ।
बुधबार विहान स्थानीय हेमबहादुर तामाङको घर पहिरोले पुरिदा उनका १८ महिने छोरा दिपक तामाङको थिचिएर मृत्यु भएको थियो । त्यस्तै जिल्लाको भुम्लुगाउपालिका १ सापिङ रिठ्ठे देउरालीमा १५ दलित परिवार विस्थापित नै भइसकेको छ ।

जोखिममा रहेकाहरुलाई स्थानीय प्रशासनको सहयोगमा सेतीदेवी माविमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उच्च सर्तकतामा छौं प्रशासन
सापिङ कै अन्य ५० परिवारलाई सुरक्षित स्थानमा लैजान पहल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अति संवेदनशील स्थानको पहिचान गरी उच्च सतर्कतामा बसेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले अनलाइनखबरलाई बताए । उनले भने, ‘हामीले जोखिम, उच्च जोखिम स्थानमा सुरक्षा निकायको परिचालन र घटना हुन नदिन विशेष सर्तकता अपनाइरहेका छौं ।’

रिठ्ठे देउराली सेतीदेवी माविमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी प्रमुख रविराज खड्काले भने जिल्लामा बाढी र पहिरोबाट हुन सक्ने क्षति र त्यस पछिको उद्धारका लागि हामी अलर्टमा छौं, भुम्लु, ज्याम्दी लगायतका स्थानमा हामीले केही परिवारलाई स्थानान्तरण गरिसकेका छौं ।

https://www.youtube.com/watch?v=nMH9EIpRAC0

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार