काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका कारण प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डको योजना रोकिएको छ। ओली र प्रचण्डले आज संवैधानिक परिषदको बैठकमार्फत प्रधानन्यायाधीशमा आफ्ना मान्छे ओमप्रकाश मिश्रलाई सिफारिस गर्ने योजना बनाएका थिए।

तर प्रतिपक्षी नेता देउवाले बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएपछि बैठक नै स्थगित भयो। देउवा उपचारका लागि भन्दै आज सिंगापुर जाँदैछन्।

परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भरतपुरमा रेणु दाहाललाई जिताउने क्रममा सर्वाेच्च अदालतका तर्फबाट महत्वपूर्ण भुमिका खेलेका न्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने तयारीमा थिए। मिश्र प्रचण्ड निकट मानिन्छ।

उनैलाई प्रधानन्यायाधीश बनाउन दीपकरज जोशीको नाम प्रतिशोध साधेर नेकपाका सदस्यहरुले संसदीय सुनुवाइ समितिबाट अस्वीकृत गराएका थिए। आजको बैठकले जोशीको ठाउँमा मिश्रको नाम समितिमा पठाउने तयारी गरेको थियो।

अब देउवाका कारण बैठक नै स्थगित भएपछि मिश्रको सिफारिस लम्बिएको छ। प्रधानन्यायाधीशमा सिफारिस हुने खबरले उत्साहित मिश्र देउवाका कारण रोकिएपछि निराश बनेका छन्। onlinekhabar

https://www.youtube.com/watch?v=nMH9EIpRAC0&t=61s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार