राजीनामा फिर्ता गराउन चक्करमा लागिपरेका ओली र प्रचण्ड लाई नेता नारायणकाजी श्रेष्ठले यसरी थर्काएपछि दुबैको गयो सातो ! नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीका दुबै अध्यक्षविरुद्ध आगो भएका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राजीनामा फिर्ता लिन भनेपछि श्रेष्ठले सातो खाने गरी रिसाएका छन् । काठमाडौंमा बुधबार बसेको सचिवालय बैठकमा दुबै अध्यक्षले श्रेष्ठलाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

जवाफमा नेता श्रेष्ठले भने, ‘तपाईँको प्रवक्ता तपाईहरूनै राख्नुहोस् र कोही गुलामलाई दिनुस् म गुलाम हुन सक्दिन ।’ प्रवक्ता भएकै कारण आफू सत्य बोल्नबाट रोक लगाइएको भन्दै ओली र दाहालको आलोचना गरेको एक नेताले बताए ।

ओली र दाहालले पटक पटक राजीनामा फिर्ता लिन आग्रह गरेको तर नेता श्रेष्ठले सिँधै अस्वीकार गरेका थिए । उनले आफूले आनन्दपूर्वक राजीनामा दिएको कारण फिर्ता नगर्ने समेत बताए ।

गोविन्द केसी अनसन बसेको समयमा केसीका मागहरू सम्बोधन हुनुपर्ने श्रेष्ठको धारणा रहेकोमा उनलाई पार्टीले साउन ७ मा मौखिक स्पष्टीकरण सोधेपछि राजीनामा दिएका थिए ।

https://www.youtube.com/watch?v=nMH9EIpRAC0&t=61s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार